शुभ नारायण यादव /सप्तरी । पछिल्लोपटक सप्तरीको सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अबेध समानहरु बरामद हुन थालेकाे छ । साेहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकामा पछिल्लोपटक अबेध गाजा तस्करीको प्वान्ट बनेकाे अवस्थामा सशस्त्र प्रहरीले ७ महिनाकाे अबधिमा तीन पटक सम्म गरि ठुलाे परिणाममा गाजा बरामद गर्न सफल भएको छ । नेपालबाट अबेध रुपमा चाेरि छुपि भारततर्फ तस्करि गरि लगिदे गरेकाे अवस्थामा सशस्त्र प्रहरीले ठुलाे परिणाममा गाजा बरामद गरेकाे हाे । साेहि क्रममा हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट अाज बिहान ९ पाेका अर्थात २४० किलाे अबेध गाजा बरामद गरेकाे छ । सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरिक्षक उमेश कुमार अालेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीकाे माेबाइल गस्ति टाेलिले चेकचाज गर्ने क्रममा विशेष सुचनाकाे अाधारमा उक्त ठुलाे परिणाममा गाजा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिनुभयाे । उहाका अनुसार पछिल्लोपटक प्रदेश न. १ काे सुनसरि र प्रदेश न.२ काे सप्तरीमा अबेध गाजा तस्करहरु सकृय रहेकाे अवस्थामा सिमावर्ति नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलाे परिणाममा गाजा बरामद भएको जानकारी दिनुभयाे । त्यस्तै पछिल्लो ७ महिनाकाे अबधिमा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलाे गाजा बरामद गरेकाे सशस्त्र प्रहरी उपरीक्षक खडकाले जानकारी दिनुभयाे । सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडका अाएदेखि हालसम्ममा सप्तरीबाट झण्डै १३ कराेड मूल्य बराबरको गाजा बरामद गर्न सफल भएको छ । यस्तै गत असार ७ गतेमा जिल्लाकाे हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाटे १० लाख २८ हजार मूल्य बराबरकाे झन्डै १७५ किलाे अबेध गाजा बरामद गरिएको थियाे । पुर्व पश्चिम लाेकमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ जादै गरेकाे काे.१ ख २९२५ नम्बरको मिनि ट्रकलाई शङ्का लाग्दा चेकजाच गर्ने क्रममा साे मुल्य बराबरको गाजा बरामद गरेकाे हाे ।यसेगरि गत चेत १२ गतेमा हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित काेशि ब्यारेजबाटे विशेष सुराकीको अाधारमा झन्डै ७८ किलाे गाजा बरामद गरेकाे सशस्त्र प्रहरी उपरीक्षक खडकाले जानकारी दिनुभयाे । काेशि नहरमा लुकाइ छिपाइ राखेको अवस्थामा साे गाजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लोपटक प्रदेश न.१ र प्रदेश न.२ मा गाजा तस्करहरु बढि सक्रिय भए पछि सशस्त्र प्रहरीले सिमावर्ति नाकाहरुमा चेकजाचमा कडाइ गर्नुका साथै सक्रियता बढाएपछि अबेध गाजा सहित अन्य अबेध समानहरु समेत धमाधम बरामद हुन थालेको सिमावर्तिका स्थानीयहरुकाे भनाइ छ । यता सशस्त्र प्रहरीले सक्रियता बढाएपछि सप्तरी र सुनसरिका गाजा तस्करहरु पुर्ण रुपमा बिस्थापित हुने अवस्थामा पुगेकाे स्थानीय जानकारहरुकाे कथन रहेकाे छ ।
Discussion about this post