इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन प्रकृया एकाएक स्थगित गरेपनि समाचारले समाजिक सञ्जाल तातिएपछि नगरपालिका पछि हटेको छ ।
विद्यालय व्यवस्थापन समिति गठन प्रकृया इनरुवा नगरपालिकाले स्थगित गरेको भन्दैँ इनरुवा नगरपालिका वडा नं.९ का वडाध्यक्ष बसिरुमुद्धिन मंसुरी र मनोनायन पत्र समेत दर्ता गराईसकेका समाजसेवी एंव पत्रकार जयकृष्ण यादवले नगरपालिकाका कर्मचारीलाई ज्ञापन पत्र बुझाएपछि निर्वाचन गराउन सहमत भएको हो ।
इनरुवा ९ बबियामा रहेको सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि मनोनयन दर्ता भएपछि एकाएक स्थगित गरेकोमा साउन १९ गते निवार्चन हुने भएको छ । विषेश कारणले निर्वाचन स्थगन गरेकाले प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले ज्ञापन पत्र बुझाएकाले निर्वाचन हुने भएको छ ।
सरस्वती माविमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै इनरुवा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहता र शिक्षा शाखाका प्रमुख स्वस्तिका दाहाललाई ज्ञापन पत्र बुझाएको थियो ।
वडाध्यक्ष मंसुरीले ज्ञापन पत्र बुझाएपछि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले माग सम्बोधन गरी निर्वाचन प्रकृया अगाडि बढाउन निर्देशन दिएको छन् ।
Discussion about this post