मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा नाबालिकालाई बलत्कार गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन । नगरपालिकाकाे वडा न ७ का १८ बर्षिया हरि प्रसाद चाैधरी बलत्कारकाे अाराेपमा भाद्र ६ गते पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन । कैलाली टीकापुर नगरपालिका वडा नं.७ बेलुवाका चौधरीले ११ बर्ष की नाबालिकालाई घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गरेको सुचना प्राप्त हुनासाथ प्रहरी चौकी सत्ति कैलालीबाट खटीएको प्रहरी टोलीले निज चौधरीलाई पक्राउ गरेकाे जानकारी दिएकाे छ । निज चाैधरी माथि जबर्जस्ती करणी सम्बन्धि कसुरमा कैलाली जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ ।
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...










Discussion about this post