मान बहादुर ठकुल्ला/ भजनी । कैलालीको जोशीपुरमा प्रहरीबाट एक युवक हतकडीसहित फरार भएका युवक पक्राउ गरिएको छ।सामान्य कुटपिटकाे घट्नामा पक्राउ परेका जोशीपुर गाउँपालिका-४ वाणी का २८ वर्षीय शंकर चौधरी शुक्रबार दिउसाे करिब ४ बजेर हतकडीसहित भागेका थिए । फरार चौधरीलाई जोशीपुर ४ हस्नापुर बाट शुक्रबार नै पक्राउ गरेको हो।
बाबुलाई प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै बाबुमाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो। ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको थियो।
फरार भएका शंकरको खोजीतलासी गर्ने क्रममा जोशीपुर ४ हस्नापुरबाट ७ बजेर २५ मिनेटमा ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय जोशीपुरले पक्राउ गरेको हो।निजको घरमा खोजीतलासी गर्ने क्रममा ४७ किलो सुकाएको गाँजा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post