इनरुवा । सुनसरीमा अलग अलग स्थानमा भएका दुर्घटनामा परि दुई प्रहरीसहित तीनको मृत्यु भएको छ । शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकाको लौकही बजारदेखि करिब ३ सय मिटर पश्चिममा दुर्घटनामा हुँदा दुई जना प्रहरीको मृत्यु भएको हो । बिहान ८ः२५ मा पूर्वदेखि पश्चिम जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट पश्चिम जादै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना सशस्त्र र अर्का जना नेपाल प्रहरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा प्रदेश नं. १ श्रम तथा रोजगार मन्त्रीका पिएसओ हवाल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी बल मोरङमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाश बुढाको मृत्यु भएको हो ।
यसैगरी, कोसी राजमार्ग अन्तर्गत शुक्रबार राति इटहरी वडा नं. २ आपगाछीमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । मोटरसाइकलमा यात्रा गरिरहेका इटहरी वडा नं. २ निवासी लोमश दाहाललाई पिकअपले ठक्कर दिँदा मृत्यु भएको हो ।
धरान बाट इटहरी आउँदै गरेको प्र १–०२ –००२ च ४६६२ नम्बरको पिकअपले को १६ प ५७२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उता काेशी गाउँपालिका स्थित लाैकही बजारदेखि करिव ३ सय मिटर पश्चिम राजा पाेखरीमा नियमित दुर्घटना हुदैँ आएपनि सराेकारवाला निकायको त्यस तर्फ ध्यान गएको छैन् ।
Discussion about this post