शुभनारायण यादव/ सप्तरी ।
सप्तरीमा संघ र प्रदेशको चुनाव मंसिर ४ गते नजिकिदै गर्दा सम्भावित उम्मेदवारहरुले आफ्नो कार्य क्षेत्रमा घर दैलो ,भेटधाट, छलफल कार्यमा लागेका छन् ।
यसै क्रममा नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले सप्तरी निर्वाचन क्षेत्र नं.२ (ख)मा पर्ने गाउँ,टोल,मुहल्ला,घर–घरमा आम मतदाता माझ पुगेर आफनो कुरा राख्ने कार्यमा जुटेको छन ।उहाँले आफुलाई कम्तीमा एक पल्ट मौका दिएर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ । उहाँले राजविराज –६ खरसालमा आईतवार विहान स्थानियबासीसंग कुरा गर्दै यादवले अहिले सम्म निर्वाचित जनप्रतिनिधिले आफनो क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असंतुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले आफुले सो ग्यापलाई समाप्त पार्ने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।
उहाँले समाजमा हरेक क्षेत्रमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्र बाट सक्ता पक्षिय गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने बताउनु भयो ।
स्थानियबासीसंग कुरा गर्दै यादवले अहिले सम्म निर्वाचित जनप्रतिनिधिले क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेकोले उहाँहरुको असंतुष्टि जायज रहेको बताउनु भयो । यादवले ‘जिल्लाकै सदमुकाम राजविराज नगरपालिकाको अवस्था हाल सम्म हरेक क्षेत्रमा विकाश हुन नसकनुमा निर्वाचित जनप्रतिनिधिले कमिशनखोरीलाई आत्मसात गरेको कारण अवस्था हाल सम्म विकसित हुन सकेको बताउनु भयो । राजविराजको अवस्था यस्तो छन् भने गाउँघरको अवस्था गए गुज्रेकोमा अहिले राजनितिलाई निर्वाचित जनप्रतिनिधिले ब्यापार सम्झेकोले त्यसलाई काउण्टर दिनको लागी आफनो उम्मेदवारी रहेको बताउनु भयो । यादवले संसार अहिले ग्लोवजेशानको युगमा नगर,गाउँ,टोल तथा मुहल्लामा केही परिवर्तन नहुनु दुःखद रहेको बताउँदै राजविराज भारतको जयपुरको नक्सामा आधारित पुरानो देशकै पहिलो टाउन प्लानिङ्ग सिटि रहेकोमा कसैको ध्यान नपुग्नु आफुलाई दुख लागेको बताउनु भयो । सो अवसरमा स्थानिय समाजसेवी,बुद्घिजिवी,महिला,युवा,पार्टीका रामगमन साह,मुकेश यादव,भुपेन्द्र यादव,मनोज यादव,लगायतले यस पल्ट क्षेत्र नं.२ (ख) बाट महेशप्रसाद यादवलाई भारी मतले निर्वाचित गर्न आग्रह गर्नु भयो ।
यादव विगत महान जनयुद्घको राप,तापबाट मालेमावादको भठीबाट खारीएका तथा समाज सेवामा अहोरात्र काम गरेकाले यस पल्टको क्षेत्र नं.२ (ख)बाट भारी मतले निर्वाचित गराउने स्थानियले आ आफनो तर्फ आग्रह गर्नु भयो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा राजविराज नगरपालिका र महादेवा गापाको वडा नं.१ पकरी,तथा वडा नं.३ बथनाहा रहेका छन ।
यसै विच राजविराज नपा–९ स्थित रहेको राधाकृष्ण मन्दिरको प्राङ्गणमा नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशकासदस्य तथा निर्वाचन क्षेत्र नं.२ (ख)को गत २०७४को निर्वाचनमा निकटतम प्रत्योद्वन्दी समेत रहेका युवा नेता महेश प्रसाद यादव,रामगमन साह,भुपेन्द्र प्रसाद यादव,पुर्व प्रअ मो.हुसेन,पार्टीका ९ वडाका सुग्मर यादव,झौली नोनिया,सुरेन्द्र मण्डल,रामअवतार यादव,रामदेव यादव,गुलाव दास, मो.इसराइल, मो.रोजित,रामकिसुन माली,युक्ति साह,रामेश्वर मेहता,रामअसिस यादव,लुकीराम नौनिया लगायत नेता,कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post