शुभ नारायण यादव/ सप्तरी। सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज(कञ्चनपुर सडक खण्डको खाँडौ नदीको पुल निर्माण सम्पन्न भएको केही वर्ष नबित्दै उपकिन शुरु भएको छ । नेपाल सरकारको कुल १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल केही वर्ष नपुग्दै उपकिन शुरु भएको हो । निर्माण गरिएको पुल गुणस्तरहिन सामग्री प्रयोग गरि बनाईएको छ । उक्त पुलको कामको ढाकछोप गर्न ठाउँ ( ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रुपमा स्पष्टै देखिने गरेको छ । पुलमा ठेकेदार कम्पनिले गुणस्तरहिन सामग्री प्रयोग गरी पुल निर्माणमा प्राविधिकले मोटो रकम कमिशन दिएको कारण पुल बनेको केही वर्ष नपुग्दै उपकिन थालेको हो । यसै विच हुलाकी लोकमार्ग अन्तर्गत महादेवा गाउपालिका वडा न. १ स्थित बोकरो नदीको पुल र अग्निसाईर कृष्णासवरण गाउपालिका वडा न.४ स्थित बनौलि निरको हुलाकी सडकको पुलको रयाम्प र नदिमा रहेको अधुरो पुल बर्षौ वर्ष देखि ठेकेदार कम्पनिले निर्माण नगरेको कारण सो बाटो भएर जाने सयौ सवारी साधन,पैदल यात्री लगायत जोखिम मौलेर जादाा अहिले कर्सको ध्यान पुग्न सकेको छैन । तर चुनावको समयमा भोट राजनितिको लागी दर्जनौ सडक,पुल लगायतको शिलान्यास गर्ने गरे पनि निर्माण शुरु भयो कि भएन त्यसको खोज खवर गर्ने समय नै हुदैन । तसर्थ त्यस्तालाई मसिंर ४ गतेको संध र प्रदेश निर्वाचनमा यस क्षेत्रका आमजनताले पाठ सिकाउनु पर्ने बताउँछन ।
Discussion about this post