मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुरबाट प्रहरीले २३ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका वडा नं. १ का २५ वर्षीय सुरज चौधरीलाई २३ ग्राम खैरो हिरोइनसहित आज पक्राउ गरेको हो ।भारतीय सीमानाकाबाट साइकलमा ल्याइरहेको आलुको बोराभित्र चौधरीले लुकाई छिपाई २३ ग्राम ४१० मिलिग्राम लागुऔषध खैरो हिराइन ल्याइरहेका बेला प्रहरीले खक्रौला चेकपोष्टमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार चौधरीले आलुको बोराभित्र दुई दाना आलु काटेर लुकाई छिपाई ल्याई रहेका थिए ।
उनी विरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...










Discussion about this post