इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
संघिय सञ्चार, सूचना तथा प्रविधि र कानुन मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसले विकास र समृद्धि चाहिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन् ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सुनसरी निर्वाचन क्षेत्र नं.–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ज्ञानेन्द्रबहादुर काकीले यस क्षेत्रमा राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका नम्बर –७ नरसिंहमा आज सोमबार आयोजित मतदाता भेटघाटका क्रममा मन्त्री कार्कीले सुनसरी निर्वाचन क्षेत्र नं.४ मा विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए ।उनले भने मैले हाल सम्म ८० प्रतिशत काम सम्पन्न गरेको र “जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ”, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कार्कीले भने, “देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।”
सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागिपरेको मन्त्री कार्कीको भनाइ थियो । “देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिन नपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, कार्कीले भने ।
सो कार्यक्रममा बोल्दै वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार हाजी इस्राइल मंसुरीले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए ।
उनले भने सुनसरी निर्वाचन क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मंसुरीको यस क्षेत्रमा अवश्यता रहेको बताउँदै गठबन्धनलाई जिताउन आग्रह गरे ।
Discussion about this post