सुरेन्द्र चौधरी /औराबनी
सरकारी सेवा प्रभावकारी नभएको भन्दै वाहवाही कमाउदै आएको एनसेलको नेटवर्कले समेत सेवा प्रवाह राम्रो नगर्दा सेवाग्राही रुष्ट बनेका छन् । समयमा नेटर्वकले काम नगर्दा उपभोक्ताहरु समस्यामा परेको सुनसरीको गढी गाउँपालिका–२,औराबनीका स्थानीयहरुले गुनासो गरेका छन् । औरावनीमा एनसेलको टावर नहुदा यहाँका उपभोक्ताहरु निकै समस्यामा परेको गुनासो बाहिर आएको छ । औराबनी, छपकी, गढिटोल, सखुवारे, कोलहर्वा र झोरा लगायतका गाउँका तीन हजार ५ सय बढी एनसेल उपभोक्ताले नेटवर्कबाट बन्चित रहेको जनाइएको छ ।
यहाँका उपभोक्ताहरु प्रायः एनसेलको सिम प्रयोग गरिरहेको भएपनि टावरको समस्याले बजार गएर मात्रै कुरा गर्न पाइएको गुनासो बाहिर आएको छ । एनसेल (मेरो मोबाइल )स्थापना काल देखि हालसम्म यहाँ यो समस्या भोग्नुपरेको बताइएको छ । करिब डेढ किलोमीटर पूर्वमा रहेको भमरी चौकको एनसेलको नेटवर्क भएपनि टावरले कुनै किसिमको काम नगरेको व्यापक गुनासो रहेका छ्न । गढी गाउँपालिकाको परिसरमा रहेको नेपालटेलिकमको टावरले भने यहाँको जनतालाइ मोबाइल ईन्टरनेट अन्य विभिन्न काम प्रयोजनको लागि राम्रो काम गरिरहेको दावी गरिएको छ । समस्याका बीचमा औराबनी चौकमा रहेको गढी गाउँपालिकाको मुख्य केन्द्रमा दैनिक हजारौं मान्छेहरुको भिडभाड हुने गर्दछ । फोन गर्न कुनै समस्या पर्यो भने नेटवर्क खोज्दै जानुपर्ने स्थिति आएको छ । एन्सेलको नेटवर्कमा १÷२ प्वाइन्ट रहेपनि फोन गर्नुपर्दा प्रष्टरुपमा नसुनिने, कुरा गर्नु पर्दा नबुझीने घ्यारघ्यार आवाज आउने घर भित्र त इमेर्जेन्सी कल भनेर देखाउने गरेको स्थानीयबासी तथा उपभोक्ता दिपेन्द्र मुखियाले गुनासो गरेका छन । यहाँ एनसेलमा फोन गर्नु पर्ने स्थिति भयो भन्ने घण्टौ कल गर्दा फोन नलाग्ने र चैत्र बैशाखमा त झनै हावाहुरीको बेला आगलागीको समस्या अन्य बार्है महिना आइपर्ने समस्याहरुमा कुनै इमेर्जेन्सी कल गर्ने सम्म स्थितिमा यस्तै समस्या हुने गरेको बताइएको छ ।
अहिलेको २१ औं शताब्द्धीमा मान्छेहरु घर भित्र बसी–बसी मोबाइलबाट कुराकानी गर्ने ,फेसबुक, ट्विटर , टिकटोक अन्य थुप्रै सामाजिक सञ्जाल चलाइरहेका हुन्छ तर गढी गाउँपालिकाको–औराबनी र आसपासका उपभोक्ताहरु भने एनसेलको नेटवर्कको अभावमा सेवाबाट बन्चित रहेको स्थिति रहेको छ ।
२०७७÷१०÷१२ गते एनसेल सेन्टर इटहरीको कार्यालयमा गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयबाट औराबनीका दश जना युवाहरूको समूहले यहाँबाट निवेदन दर्ता गराइएको भएपनि हालसम्म सुनवाई नभएको बताइको छ । अहिलेसम्म कुनै सुनुवाइ नभएकाले यहाँका उपभोक्ता औराबनी चौकमा एनसेलको टावर स्थापनाको लागि पुनःमाग गरि निवेदन दर्ता गराइएको छ ।
उता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा समेत नेटवर्कको सम्स्या रहेको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।
विगत एक दश्कअघि देखि नै साविक नरसिंह र हाल भोक्राहा नरसिंह गाउँपालिका वडा नं.६, ७ र ८ मा नेपाल टेलिकम र एनसेलको नेटवर्क काम नगर्दा स्थानीय उपभोक्ताहरु मारमा परेका स्थानीय दिपक मण्डलले जानकारी दिए ।
स्थानीय मण्डलका अनुसार सुनसरी क्षेत्र नं. ४ मै पर्छ सायद हाम्रो भोक्राहा नरसिंह गाउँपालिका यहीँ क्षेत्रबाट मेरा बुवाआमाले रुख चिन्ह्मा भोट दिएर जिताएका थिए नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई वहाँ सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत हुनुभयो तर यहीँ क्षेत्रका जनता अहिले नेटवर्क सम्स्याका कारण आजित रहेको बताए ।
उनले भने मेरा बुवाआमाले रुख चिन्ह्मा भोट दिएर जिताएर पठाएका नेता सञ्चार तथा सुचना प्रविधि मन्त्री मात्रै होइन् अहिले कानुन मन्त्री र नेपाल सरकारका प्रवक्ता समेत भएका छन् तर हाम्रो गाउँमा नेटवर्क छैन् ।
उनले फेरी थप्दै भने फेरी मेरा बुवाआमाले रुख चिन्ह्मा भोट दिएर जिताएर पठाएको मान्छे भोट माग्न गाउँघरमा आउने गरेका छन् तर ठुलावडाको घर मात्रै रोज्ने गरेको बताउँछन् ।
Discussion about this post