मलंगवा – सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बारा उद्योरणबाट लागूऔषध गाँजा र सोफी रक्सीसहित एउटा भारतीय टेम्पु नियन्त्रणमा लिएको छ ।सोमबार राति १ बजे सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले विष्णु गाउँपालिका–१ बारा उद्योरणबाट ४ केजी गाँजा, २६ कार्टुन सोफी रक्सीसहित बीआर ०१ आरडी ५६८३ नम्वरको टेम्पु नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेको टेम्पुबाट गाँजा र रक्सी बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
गाँजा तथा रक्सी भारत लान खोज्ने व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएका छन् । बरामद गरिएको रक्सी, गाँजा र टेम्पु थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
Discussion about this post