रबिन्द्र यादव / नवलपरासी पश्चिम । सुस्ता नमुना कृषि सहकारी संस्थाको दोस्रो औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सुस्ता गाउँपालिको वडा नं ५ स्थित रतनगंजमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सहकारीहरूले सरकारको नीति–नियम अनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ता , समाजिक कार्य र कृषिमा टेवा पुर्याउनु पर्नेमा जोड दिए । छोटो समयमा सुस्ता नमुना कृषि सहकारी संस्थाले गरेको प्रगतिमा खुशी व्यक्त गर्दै अगामी दिनमा उक्त सहकारीलाई गाउँपालिकाले गर्नुपर्ने आवश्यक सहयोग निरन्तर गरिरहने बताए ।
विशिष्ट अतिथिका रुपमा रहेका सुस्ता गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत बुद्ध प्रसाद पौडेलले सहकारी अभियानले समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । सहकारी बार्षिक साधारणसभा सेयर सदस्यहरुका लागि एक पर्वको रुपमा रहेको बताउदै ´सबैको लागि सहकारी र सहकारीको लागि सबैमा` जोड दिए ।
संस्थाका अध्यक्ष एवं साधारणसभाका सभापति रणजित कुमार यादवले प्रगति प्रतिवेदन पेस गर्दै सुस्ता नमुना कृषि सहकारी संस्थालाई सबल र सक्षम संस्थाको रुपमा निर्माण गरि सेयर सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रुपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीक करण गर्दै जाने बताए ।
त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष आदित्य कुमार शाहीले आ.व. ०७८/७९ को आर्थिक प्रतिवेदन र ०७९/८० को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
सुस्ता नमुना कृषि सहकारी संस्थाले आर्थिक वर्षमा करिब ५१ लाख पैतीस हजार चार सय चौबन्न रुपैया तेईस पैसाको कारोबार गरेको र ८४ हजार सात सय सताइस रुपैया तेईस पैसाको खुद नाफा कमाएको छ । हालसम्म उक्त कृषि सहकारीमा ३ सय ६१ जना शेयर सदस्य रहेको सहकारीका शत्रुधन यादवले बताए । उक्त सभामा दैनिक ,मासिक,साधारण बचत र ऋण लगानी तर्फ समयमा ऋण चुक्ता गरिदिने गरि चारलाई दोसल्ला ओढाएर सभाका अध्यक्ष रणजित यादवले सम्मान गरेका थिए ।
सुस्ता नमुना कृषि सहकारी संस्थाको दोस्रो बार्षिका साधारणसभामा प्रमुख अतिथि सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,विशिष्ट अतिथि पालिका प्रशासकिय अधिकृत बुद्ध प्रसाद पौडेल, सुस्ता गाउँपालिका-५ का वडा अध्यक्ष प्रभुनाथ यादव, युवा समाजसेवी रबिन्द्र जैसवाल, निवर्तमान पक्लिहवा गाविस अध्यक्ष दिनेश कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका संस्थापक सदस्य नन्दलाल थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव भागिरथी पालले कार्यक्रम संचालन गर्नुभएको थियोे ।
Discussion about this post