इनरुवा । बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएकाे छ ।
सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइएपछि आयोजकसँग रुष्ट भएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा स्थानिय हासिम अन्सारीको टाउकोमा चोट लागेको छ । यसैगरी सिताराम महतो, रन्जित मेहता र एक प्रहरी हवल्दार समेत घाईते भएका छन् हाल उनीहरुको बर्जु समुदायिक हस्पिटलमा प्राथमिक उपचार गरिएको स्थानिय सञ्चारकर्मी जुगेस बाबुले जानकारी दिएका छन् ।झडपका क्रममा गम्भिर भएका घाईतेहरुलाई विराटनगर स्थित नोवेल अस्पताल ल्याइएको छ । गतबर्ष पनि सोही ठाँउमा खेसरीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठुलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरु घाईते भएका थिए ।
विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिदाँ उस्तै प्रकारको समस्या देखिएको छ । उता गत वर्ष खेसारीलाल यादवको शाेः हेर्ने नपाएको भन्दै दर्शकहरूले करोडौं मूल्य बराबरको समान क्षति गरेका थिए । तर फेरि साेही ठाउँमा खेसारीलाल यादव आएर आफ्नो प्रतिभा देखाएर फर्केका छन् ।
Discussion about this post