पुजा मण्डल / चिराैली । सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्रका किसानहरु प्रयाप्त मात्रामा रसायनिक मल नपाएर चिन्तीत बनेका छन् ।
जिल्लाको दक्षिणवर्ती क्षेत्रका भोक्राहा नरसिंह, कोशी, गढी, हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिका अन्तरगत रहेका सहकारी संस्थाहरुमा रसायनिक मल प्रयाप्त मात्रामा नरहेका कारण किसानलाई गहुँ र मकै उत्पादन गर्न कठिनाई भएको हरिनगरका स्थानीय कपिलदेव यादवले बताए ।
स्थानीय यादवले भने कोरोना भाइरसको विश्वव्यापी महामारी देखि अहिले सम्म किसानहरुलाई भएको घाउँमा मल्हम लगाउन सरकार अग्रसर नदेखिएको बताए ।
उनले भने अहिले जिल्लाका दक्षिणवर्ती क्षेत्रका किसानहरु मंहगो मूल्यमा भारतीय रसायनिक मल तस्करी गरि ल्याउन बाध्य बनेका छन् ।
किसानहरुलाई भारतीय मल तस्करी गर्न बाध्य बनाउन लगाएको तीन तहको सरकार के काम हामीले बुझ्न नसकेको बताए ।
उता स्थानीय तहको सिफारिसको आधारमा स्थानीय तह अन्तरगत रहेका र डिलर लिएका सहकारी संस्थाहरुले किसानको मागभन्दा कम मात्रै अनुदानको मल सुनसरीमा आपूर्ति गर्दै आएका छन् ।
सुनसरीमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँमा छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ ।
इनरुवा नगरपालिका वडा नम्बर ९ बवियाा किसान नत्थु मेहताले अनुदानको मल नपाइँदा बजारबाट तीन हजार दुई सय रुपैँयाको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताए।
’सहकारीमा अनुदानको मल नै पाइएन’ उनले भने, ’गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग ग¥यौँ।’
किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल सुनसरीमा आपूर्ति हुने गरेका छन् ।
जिल्लामा अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । कृषि सामग्री लिमिटेड इटहरी र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड बिराटनगरले अनुदानको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलव्ध गराउने गरेका छन् । जिल्लाका केही सहकारीले किसानलाई दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । लोड अनलोड, ढुवानी र सहकारीको मुनाफा राखेर किसानलाई सहकारीले रासायनिक मल बिक्री गर्दै आएका छन् । भारतीय मल खेतमा प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर गुणस्तर जाँच समेत नहुने जनाइएको छ ।
Discussion about this post