मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा आजबाट माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता शुरु भएकाे छ । सगरमाथा युथ क्लब बटनपुरकाे अायाेजना तथा धनसिहपुर प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि उद्घघाटन गरिएकाे छ । सगरमाथा युथ क्लब का अध्यक्ष याेगेन्द्र साउदकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारु रहेका थिए भने बिशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ७ वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने , साबिक धनसिहपुर गाबिसका पु्र्व अध्यक्ष जंग बहादुर साउद रहेका थिए ।युथ क्लबका उपाध्यक्ष मान बहादुर साउँदकाे स्वागत मनतब्य संगै शुर भएकाे उद्घघाटन कार्यक्रममा धनसिह साउद , शेर बहादुर साउद , टीकापुर नगरपालिका वडा न ७ वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने , साबिक धनसिहपुर गाबिसका पु्र्व अध्यक्ष जंग बहादुर साउद लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारुले स्थानिय स्तरमा खेलकुद आयाेजनाले लागुऔंषधबाट युवालाई जाेगाउने उपाय भएकाे बताउदै टीकापुर नगरपालिका भित्र विभिन्न खाले खेलकुद संचालन गर्नमा जाेड दिन अाग्रह गरेका छन। साबिक धनसिहपुर गाबिस अन्तरगतका युवाहरु बैदेशिक राेजगारिका शिलशिलामा बिभिन्न देशमा रहेका युवाहरुकाे अार्थिक सहयाेगमा संचालन भएकोमा युवाहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन । उद्घघाटन सत्रमा भएकाे आज खेलमा युनाइटेड एकाडेमि स्कुल र टीकापुर नगरपालिका वडा न ५ नुक्कलीपुर बिच भएकाे खेलमा युनाइटेड एकाडेमी टीकापुरले २ – १ ले बिजय भएकाे छ । भने फुटबल प्रतियोगिता ११ टिमकाे सहभागिता रहेकाे छ । युव क्लबले मेराे खुशी डट कम, टीकापुर दैनिक ,सुदुर सन्दर्भ साप्ताहिक र प्रदेश प्वाइन्ट डट कम लाई मिडिया पाटर्न बनाएकाे छ ।
Discussion about this post