जयकृष्ण यादव । रामधुनी । सुनसरीको एतिहासिक धार्मिक स्थल रामधुनीमा हिन्दुहरुले एकताको सन्देश प्रवाह गर्दै हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिइएको छ । एसएमएस फाउण्डेसनले आयोजना गरेको बनभोज तथा समयसायिक छलफल कार्यक्रममा सय बढी वक्ताहरुले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेर हिन्दु माथि अघात गरेको भन्दै हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिइएको हो । मुलुकमा देखापरेको धार्मिक अस्थिरता, धर्म परिवर्तन र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा वत्ताहरुले जोड दिइएको सहभागी सुकदेव मेहताले जानकारी दिनुभयो । सनातन हिन्दु राष्ट नेपाल रहेकोमा हुनै नभएको र उठदैनउठेको धर्मनिरपेक्ष गरेर अन्याय गरेकाले देशभरका हिन्दुहरुका बीचमा एकता कायम गरि नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा समाजसेवी सुनिल कुमार साहले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी स्थानीय नेता तथा समाजसेवी राजेन्द्र मेहताले अहिले देशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डतामा सङ्कट देखापरेको बताउँदै सबै नेपालीलाई एकतामा बाँध्न हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका स्थानीय नेता समेत रहनुभएका मेहताले देशलाई हिन्दू राष्ट्र कायम गराउन सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सबै सत्यका लागि एकजुट र दिगो एकता सहित नेपालमा हिन्दु राज्य पूनस्थापनाका लागि लाग्नुपर्ने यादव सेवा समितिका कोषाध्यक्ष रमेश यादवले बताउनुभयो ।
कुशवाहा कल्याण समाजका मधुलाल मेहताले हिन्दु राज्य निर्माणका लागि दबाब दिन रामधुनीमा बनभोज र छलफल विशेष भेलाको आयोजना गरेको बताउनुभयो । उहाँले कार्यक्रमका लागि कार्यक्रम मात्रै नभई हिन्दुको आस्थाको केन्द्र रामधुनीबाट हिन्दु राज्य निर्माणका लागि दबाब दिन उद्घोगा गरिएको बताउनुभयो । रामधुनीमा आयोजित कार्यक्रममा राजेश मेहताले बनभोजमा जसरी एकता र सद्भावको सन्देश प्रवाह गरेको देखिएको त्यसरी नै हिन्दु राज्य निर्माणका लागि एकता भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
अधिकारकर्मी शोभा मेहताले सबैलाई सचेतना र देशको कानुनबारेमा जानकारी खाचो रहेको बताउनुभयो । अधिकारकर्मी ममता उराँवले अन्याय र न्यायका बारेमा बुझेर आआफ्नै ठाउँबाट आबाज उठाउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता तथा सामाजिक अगुवा रामकुमार मेहताले भेलामा धेरै सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएकोमा समर्थन गर्दै एकतामा जोड दिनुभयो ।
मेहताले संविधान संशोधन गरेर भएपनि राजनीतिक मुद्धा नभएपनि सामाजिक धार्मिक आस्थासंग जोडिएको सवाल भएकाले हिन्दु राज्य हुनुपर्ने बताउनुभयो । अर्का नेता देवराम मधेसीले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिनुभयो । लोसपाका नेता मुनिलाल मेहताले हिन्दू राष्ट्रभित्र सबै धर्म र संस्कृति सुरक्षित हुनसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कोही कसैलाई अन्याय गर्न नभई बैदेशिक धार्मिक हस्तक्षेत्र बन्द गर्नका लागि हिन्दु राज्य निर्माणका लागि दबाब दिन रामधुनीको बनभोजले सन्देश दिएको बताउनुभयो । कार्यक्रममा अधिवक्त पञ्चदेव मेहताले घर, समाज र देशलाई विभेद रहित बनाउनका लागि र अभिभावको अनुभुती दिलाउन हिन्दु राज्य निर्माण हुनुपर्ने बताउनुभयो । अर्का नेता कृपाराम मेहताले कसैका लागि हिन्दुको नारा नभई आवश्यकताका आधारमा एकताको लागि हिन्दु एकता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बस्नेत मण्डल, ब्रहमदेव यादव, रामकृष्ण मेहता, शिवनारायाण मेहता, सुवालल मेहता, उमेश मेहता, भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहता, ३ का वडा अध्यक्ष धिरेन्द्र कुमार यादव, शिक्षक मधुलाल मेहता, कलाकार झोटन मेहता, समाजसेवी झबरलाल यादव, सुनिलकुमार साह, रुपनारायण साह, शिवनारायण यादव, प्रितम मेहता लगायतकाले बोल्नुभएको सहभागी विनायक प्रसाद यादवले जानकारी दिनुभयो ।
Discussion about this post