इनरूवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि अभियान चलाएको छ ।
हाेली पर्वमा कुनै किसिमको अपिर्य घटना नहाेस् भनेर प्रहरीले ठाउँ – ठाउँ सदा पाेशाकमा समेत प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए ।उनलेे भने सुनसरी जिल्लामा भने होली पर्वकाे दिन मदिरा सेवन गरेर हाेइन् , रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो ।तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।
प्रहरी प्रवक्ता राजकुमार राईले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरेका छन् । पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए ।समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ । यसपटक सुनसरी जिल्लाको इनरूवा, दुहबी , इटहरी , धरान, देवानगञ्ज, चिमडी, औरावनी, काेशी कटान, चिराैली, भन्टावारी, काेशी ब्यारेज, प्रकाशपुर लगायतमा मात्रै ४५ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।उनलेे भने ग्रामीण क्षेत्र सँगै शहरी क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै कसैले कसैलाई इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने जानकारी दिए ।सुनसरी प्रहरी प्रमुख ढकालले प्रदेश प्वाइन्ट अनलाइनसँग कुरा गर्दै भने यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ ।जिल्लाले तीन दिन देखिनै होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रहरी प्रवक्ता राईकाे भनाइ छ । उहाँका अनुसार सादा पोशकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ । उता जिल्ला प्रहरी कार्यालयमा समेत अबिर लगाएर हाेली पर्व मनाएका छन् । भने सुनसरी जिल्लाको विभिन्न ठाउँबाट ८४ वटा सवारीसाधन र ४ जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post