दिपेन्द्र यादव /इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेलाई स्वागत तथा सम्मान गरिएको छ ।
कोशी प्रदेशको अधिवेशनको क्रममा सोमबार भोक्राहा नरसिंह गाउँपालिकामा आएकी गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी लगायतका अन्य जनप्रतिनिधिहरुको उपस्थितीमा उनलाई खादा र अबिर लगाएर सम्मान तथा सम्मान गरिएको हो ।पालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले भने “हाम्रो टीम कोशी प्रदेशको गाउँपालिका राष्ट्रिय महासंघ नेपालको अधिवेशन क्रममा मैले भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ज्यूलाई फोन सम्पर्क गरे, वहाँले फोनकल रिसिभ गर्नुभयो, मैले वहाँलाई भने म तपाईकोे पालिका आउँछु, अध्यक्ष ज्यूले भन्नुभयो, आउनुस् हाम्रो पालिकामा स्वागत छ तर म १८ मिनेट मै भोक्राहा नरसिंह गाउँपालिका भित्र छिर्दा सेवाग्राहीहरुको चाँप एकदमै बढी देखेको” उनले बताइन् ।तर उनले स्वागत कार्यक्रममा प्रदेश प्वाइन्ट अनलाइनसँग बोल्दै भने “मैले सेवाग्राहीहरुको चाँप हेर्दा के को भिड जस्तो लाग्यो ? तर म सँग भएको टीमले पनि कसैलाई नभनिकन सेवाग्राहीहरुलाई यहाँका कर्मचारीहरुले कसरी सेवाप्रवाह गर्छन भनेर एकछिन कसैलाई नभनिकन हेरिरहे तर पालिकाबाट सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवाप्रवाह एकदमै राम्रो लागेको उनले बताईन् ।
त्यस्तै उनले सोही कार्यक्रममा बोल्दै भने भोक्राहा नरसिंह गाउँपालिकामा मकै र गहुँबाली लगाएको हेर्दा म एकदमै खुशी भएको बताइन् ।उता भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र उपाध्यक्ष सुनिता कुमारी उँरावले गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डे, पुर्वमहासचिव बंशलाल तमांग, मधेश प्रदेशका कर्मचारी मनोेज साह लगायत अतिथीहरुलाई अविर र खादा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
Discussion about this post