धरान । सुनसरीकाे धरान उपमहानगरपालिकामा रहेका किराना पसलमा चुरोटको प्याकेटमा कागजका टुक्रा हालेर बेच्ने पक्राउ परेका छन् ।
धरानका विभिन्न स्थानमा किराना पसलमा गएर चुरोटको खाली प्याकेटमा कागजका टुक्रा हाली बिक्री गर्ने पक्राउ परेका छन् । चुरोटको होलसेल बिक्रेता बनी खाली चुरोटका प्याकेटमा ढुङ्गाका टुक्रा तथा कागजका टुक्रा हालेर प्याक गरी बन्डल बनाएर बिक्री गर्ने पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अररिया जिल्ला ढोलब्जा गाउँ स्थायी ठेगान भएका भारतीय नागरिक ३० वर्षका रोहन दास रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार हिजो साँझ उनी डेरा गरी बस्ने धरान ७ शान्ति पथबाट पक्राउ परेका हुन् ।
ठगी भएको भन्दै आएका निवेदनमा निवेदन दर्ता गराउनेले दिएको हुलियाका आधारमा दास पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका दाससँग प्रहरीले २ बन्डल चुरोटका खाली खोल फेला परेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि म्याद थप गरी थप अनुसन्धानको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
Discussion about this post