काठमाडौं । वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठ मृत्यु प्रकरणमा नयाँ ट्विस्ट आएको छ । नर्सका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन् । अनुमाको सुसाइड नोटका आधारमा ढकालविरूद्ध दुरूत्साहनको जाहेरी परेको हो ।
काठमाडौं‚ वीर अस्पतालमा कार्यरत स्टाफ नर्स श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित ढकालको कोठामा मृत भेटिएकी थिइन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको थियो ।
सुजन ढकाल कोशी अस्पतालमा कार्यरत छन् । घटनास्थलमा फेला परेको सुसाइट नोटमा सुजन र अनुमा ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा उल्लेख छ । तर ढकालले विवाह गर्न नमानेपछि आफूले आत्महत्या गर्न बाध्य भएको कुरा श्रेष्ठले लेखेकी छिन् ।
Discussion about this post