इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका द्वारा याेजना अनुगमन गर्ने क्रममा कमसल निर्माण गरेको भन्दै मन्दिरको वाल(पर्खाल) भत्किएको छ ।वडा नम्बर ८ स्थित रहेको श्री रामजानकी मन्दिरकाे घेरावेरा निर्माण काम कमसल तथा गुणस्तरीयहीन गर्दै गरेको स्थानीयवासीहरूकाे व्यापक गुनासाे आएपछि हिजो शुक्रबार जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले पर्खाल भत्काइएको हाे ।
उता गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने कमसल निर्माण काम गर्ने जाे सुकैलाई कारवाहीकाे दायरामा ल्याउने बताए ।मन्दिर निर्माण काम ठेकेदार कम्पनीलाई दिएपनि ठेकेदारले निर्माण गर्दै आएको वाल (पर्खाल) कमसल भएको भन्दै अनुगमन टाेलीका सदस्यले पर्खाल भत्काएको थियो ।
साे अनुगमन टाेलीमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद,याेजना शाखाका प्रमुख प्राविधिक आशिष निखिल साह, याेजना सहायक रामचन्द्र यादव, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल, जसपा नेपालका अध्यक्ष महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका भाेक्राहा नरसिंह इन्चार्ज श्यामदेव यादव, जनमत पार्टीका प्रतिनिधि सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हैदर अलि, नेकपा एमाले एकीकृत पार्टीका प्रतिनिधि चन्दन मेहता, राप्रपा का प्रतिनिधि जियावुल मंसुरी लगायतका पार्टी प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।
Discussion about this post