हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले करारमा कार्यरत २३ जना कर्मचारीलाई आन्तरिक श्रोत घटेको भन्दै जागिरबाट हटाउँदा स्थायी कर्मचारीहरुलाई भने ४५ प्रतिशत सम्म थप भत्ता दिने निर्णय गरेको छ ।
गाउँपालिकाले कानूनलाई टेकेर करारमा कार्यरत कर्मचारीलाई हटाए पनि कानून विपरित स्थायी कर्मचारीहरुलाई भने थप सुबिधा दिएको छ । स्थायी कर्मचारीलाई थप सुबिधा दिदा पनि तल्लो तहका कर्मचारीलाई थोरै र माथिल्लो तहका कर्मचारीलाई धेरै भत्ता दिने निर्णय गरेको हो ।
पहिले देखिनै दिदै आएको अतिरित्त भत्ता रकम अब पनि दिने निर्णय गरिएको बताउँदै मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेती भन्नुहुन्छ–‘पहिले दिदै आएको केही सुबिधा घटाएर दिएका हौं । कर्मचारीले दिनरात नभनीकन काम गर्नुपर्ने अवस्थामा थप भत्ता दिने निर्णय गरेका हौं ।’
गाउँपालिकाले गरेको एकै दिनको निर्णयमा कसरैलाई ४५ प्रतिशत सम्म भत्ता दिने त कसैलाई जागिरबाट हटाउने निर्णय गरेको हो । स्थायी कर्मचारीहरुले हरेक दिन १० बजेर ५ बजे सम्म भन्दा बाहेकको समय निरन्तर रुपमा काम गरेका छैनन् । कुनै दिन कतै बिदा भनेर जाने, कहिले काज भनेर घरमा गएर बस्ने अनी गाउँपालिकाबाट टिएडिए वापतको रकम बुझ्ने गर्दै आएको एक कर्मचारीले गुनासो गरे । बर्षभरीमा केही दिन मात्र अतिरित्त समयमा काम गर्ने तर, वर्षभरीको अतिरित्त समयमा काम गरेको भनेर थप सुबिधा लिनु कानून विपरित हो ।
मनहरी गाउँपालिकाका स्थायी कर्मचारीले बितेको असार महिनामा मात्र आफ्नो ड्युटीको भन्दा बढी समय सम्म गाउँपालिकामा बसेर काम गरेका छन् । तर, बर्षभरीको ४५ प्रतिशत सम्म सुबिधाको निर्णय गरेका हुन् । हरेक दिन, हरेक महिना आफ्नो ड्युटी भन्दा अतिरित्त समयमा मनहरीका कर्मचारीले काम गरेका होइनन् ।
असार महिनामा अझै पछील्लो १५ दिन मात्र ड्युटी समय भन्दा केही बढी समय लेखा र योजना साखामा कार्यरत कर्मचारीले काम गरेको प्रतक्षदर्शीहरु बताउँछन् । तर, हरेक वर्ष स्थायी कर्मचारीले कानून विपरितको सुबिधा लिएर गाउँपालिकालाई बोझ थोपरेका हुन् ।
गाउँपालिकाको निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफूले पाउँदै आएको तलब सुविधामा अब ४५ प्रतिशत थप सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी लेखा प्रशासनमा काम गर्ने कर्मचारीले ३५ प्रतिशत थप सुविधा, राजश्व, जिन्सी र प्रशासनका कर्मचारीले ३० थप प्रतिशत सुविधा पाउनेछन् ।
योजना, प्राविधिक, कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखासहित सबै शाखामा कार्यरत कर्मचारी र वडा सचिवले समेत २० प्रतिशत अतिरिक्त सुविधा प्राप्त गर्ने निर्णयमा उल्लेख छ । कार्यालय सहयोगी र चालकले भने १५ प्रतिशत मात्रै अतिरिक्त सुविधा पाउनेछन् ।
मनहरी गाउँपालिकाले स्थायी कर्मचारीलाई सुबिधा थप गर्दा २३ जना करार र ज्यालादारीका कर्मचारीलाई हटाएको छ । उद्यम विकास सहजकर्ता, प्राविधिक सहायक,
त्यसैगरी गाउँपालिकाले गाईमा देखिने लम्पी स्कीन रोग महामारीका बेला खटाएका ५ जना कृषि प्राविधिकलाई पनि पदमुक्त गरेको छ ।
मनहरी गाउँपालिकाबाट चितवन र हेटौँडातर्फ निकासी हुने गिटी, बालुवा, ढुंगाबापतको कर संकलनका लागि भर्ना गरिएका १५ जना कर्मचारीलाई पनि हाल निकासी बन्द रहेकाले करार सेवा अबधि नथप्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यी २३ जना बाहेक अन्य सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अबधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।
Discussion about this post