चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ ।
आजदेखि गाउँपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे सहित स्वास्थ्यकर्मीहरूको उपस्थितिमा विभिन्न वडाहरूमा अभियान सुरु गरिएको सुचना तथा प्रविधि अधिकृत संदेश तिम्सिनाले जानकारी दिनुभयाे। उहाँलेे दिएको जानकारीअनुसार पालिकाकाे विभिन्न वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण केही वडामा मात्रै अभियान सञ्चालन गर्ने बताउनुभयाे ।
प्रतिकूल मौसमका बाबजुद पनि भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ आसपासको क्षेत्रमा डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने उहाँलेे बताउनुभयाे । टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गरेको कारण डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताउनुभयाे।उहाँले भन्नुभयो माैसम प्रतिकुल हुने बित्तिकै हप्तामा दुई दिन सबै वडामा सरोकारवालाहरूको उपस्थितिमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले पालिका मातहतका कार्यालयहरूमा हरेक दिन बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
Discussion about this post