इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ का सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ।
भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वडा ६ का वडाध्यक्ष सेराजुद्विनद अंसारी, वडा नम्बर ६ का वडा सचिव तथा पालिकाका याेजना सहायक रामचन्द्र यादव र राष्ट्रिय भुमि आयाेग सुनसरीका बिज्ञ सदस्य-सुर्दशण श्रेष्ठ,सदस्य -अमृत बाहदुर पाण्डे,अमिन-बेद कुमार यादव र भाेक्राहा नरसिंह गाउँपालिका सर्वेक्षक श्यम कुमार साह सहितको उपस्थितिमा पाँचजना भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो।सो अवसरमा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भूमि आयोगसँगको समन्वयमा गाउँपालिका भित्रका सबै सुकुम्वासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए ।हामीले गत भदौमा वडा नं १ ढाेक र ढुकीका भूमिहीनलाई निस्सा वितरण गरिसकेका छौँ, अब बाँकी रहेका ६ वटै वडाका भूमिहीनलाई निस्सा वितरणका लागि भूमि आयोग जिल्ला समितिसँग समन्वय भइरहेको छ, करिब एकदेखि दुई महिनाभित्र सबै भूमिहीनहरुलाई निस्सा वितरण सम्पन्न गर्नेछौँ’, उनले भने।
यता भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ मा अव्यवस्थित बसाेबासी १ सय १२ जना, भूमिहीन दलित १ सय ६ जना र भूमिहीन सुकुम्बासी २ सय ३६ जना रहेकोमा साे मध्ये आज माेडेल चाैक बकला टाेलका स्थानीयवासीहरूलाई निस्सा वितरण गरिएको छ ।
उता यसै प्रसंगमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीका अध्यक्ष भगीरथ खत्वेले भूमि आयोग सुनसरीले निस्सा वितरणलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताए।उनले भने ‘सुनसरीका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्वासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या छैन। सबैले सहयोग गर्ने हो भने राज्यको नीति र लक्ष्यअनुरुप काम गर्न र भूमिहीन सुकुम्वासीहरुलाई स्थानीय तहले व्यवस्थापन गरेको जग्गाको लालपुर्जा वितरण गर्न कुनै समस्या नरहेको बताए ।
Discussion about this post