इनरुवा — नेपाली समाजमा चाडपर्वकाे आगमन भएपछि विभिन्न समुदायहरूमा छुट्टै प्रकारको रौनकता भित्रिने गर्दछ। नेपाली समाजका विभिन्न जाति तथा समुदायहरूमा आ–आफ्नै प्रकारका विशेषता बोकेका चाडपर्व तथा संस्कृतिहरू छन्। यो नै नेपाल र नेपालीको पहिचान पनि हो ।
नेपाली समाजमा चाडपर्व मनाउन पैसा नै आवश्यक पर्छ । पैसा बिना चाडपर्वमा खल्लो महसुस हुने गरेको एक स्थानीयवासीकाे कथन पनि छ ।
चाडपर्व लक्षित भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले तिहारमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
चाडपर्व उल्लासमय तरिकाले मनाउनका लागि गाउँपालिकाले प्राथमिकता अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अन्तर्गत लक्षित वर्गले पाउने सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गरेको छ ।
चाडपर्वहरूले विशेषत बालबालिकाहरूलाई उत्साहित गराउने काम गर्छ। तर हाम्रो समाजमा यति मात्रै हाेइन् किशोर किशोरीलाई संकार हस्तान्तरण गर्न मद्धत गर्छ भने युवा तथा प्रौढहरूमा आत्मीयता विकास गराउँछ। साथै छुटेका र टुटेका सम्बन्धहरूलाई पुनर्मिलन गराउने कामसमेत गर्छ।
केही टुटेको सम्बन्धहरूलाई पुनर्मिलन गराउनका लागि रकमको जाेहाे गर्नुपर्ने अति आवश्यक मानिन्छ ।
यस्तै सम्बन्ध जाेड्नका लागि भाेक्राहा नरसिंह गाउँपालिकाकाे ८ वटै वडामा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको लेखा अधिकृत विशेष गाैतमले जानकारी दिए ।
उनलेे भने अहिलेको नेपाली समाजमा चाडपर्वको माध्यमबाट राजनीतिक तिक्तताको पुनर्मिलन हुनेदेखि जातीयता, क्षेत्रीयता, धार्मिक लगायतका थुप्रै पक्षमा सद्भाव,सहयोग तथा सहकार्यको विकाससमेत हुने गरेकोले हामीले सामाजिक सुरक्षा भत्ता पाउने लाभान्वितहरूलाई समयमै भत्ता वितरण गरिएको बताए ।
उता भाेक्राहा नरसिंह गाउँपालिकाले सनराइज लक्ष्मी बैंकमार्फत विभिन्न ८ वटा वडाका ३ हजार ९५ जनालाई सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गरेको पञ्जिकरण शाखा प्रमुख विपुल यादवले बताए ।
उनका अनुसार लाभग्राहीहरूले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हामीले चाडपर्वकाे समयमा दिएपछि वहाँहरूले पनि आफ्नो घरपरिवारमा केही सहज भएको बताए ।
Discussion about this post