बिर्तामोड । वस्तु किनबेच नगरी बिल मात्रको खरिदबिक्री गरेको आशङ्कामा झापाका सातवटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भएका ती फर्मले नक्कली बील बिजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छली गरेको कार्यालयको अनुसन्धानमा भेटिएको हो ।
कार्यालयमा दर्ता भई नियमित रुपमा अन्य कर दाताहरू करको दायरामा आए पनि ती फर्महरूले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कुनै पनि विवरण पेस नगरेको देखिएपछि कार्यालयले गरेको अनुसन्धानमा पहिलो चरणमा सातवटा फर्मले नक्कली बील प्रयोग गरेको पाइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए ।
ती फर्महरूलाई ४० लाख देखि २ करोड रुपैयाँसम्म कर निर्धारण गरेको उनले जानकारी दिए । धेरै ट्रेडिङ र केही उद्योग रहेको उनको भनाइ छ । आयकर ऐनका कारण फर्मको नाम भने सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
कार्यालयले कर निर्धारण गरी १५ दिनको म्याद दिइसकेको उनले बताए । म्यादभित्र प्रमाण पेस नगरेमा स्वतः फर्महरूले कर तिर्नुपर्ने उनको भनाइ छ । उनीहरूले नक्कली नै बील प्रयोग गरेको पुष्टि भइसकेकोले कर तिर्नैपर्ने उनले बताए ।
झापामा यस्तो कारोबार गर्नेको संख्या ठुलो भएकोले कार्यालयले तीव्र रूपमा फर्महरू फेला पारेर अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस किसिमको कारोबारमा स्वयम व्यवसायी, कर परामर्शदाता र लेखा व्यवसायी समेतको संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएकोले थप अनुसन्धान जारी राखिएको उनले बताए ।
नक्कली बीलको कारोबार गर्ने व्यवसायी र तिनका लेखा व्यवसायीहरूमाथि कडा रुपमा छानबिन गरी यो अभियानलाई निरन्तरता दिएर राज्यलाई कर छली गर्नेमाथि कर निर्धारण गरी करको दायरामा ल्याइने कार्यालयले जनाएको छ ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post