इनरुवा ।हाेली पर्व अथवा फागु पूर्णिमा” खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाडपर्वकाे रूपमा मनाउने गरेका छन् । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
यहीँ अवसरमा सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले “हाेली पर्व-2080” काे शुभकामना व्यक्त गरेका छन् ।फागुपूर्णिमा (होली) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण भोक्राहा नरसिंह गाउँवासी एवम् समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
होलीपर्वका अवसरमा पालिका अध्यक्ष अजमल आजादले सम्पूर्ण भाेक्राहा नरसिंह गाउँवासीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भाव कायम राख्ने बताए ।उनले यस पर्वले गाउँवासीहरूमा आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा आफु विश्वस्त रहेको प्रदेश प्वाइन्ट मिडियालाई जानकारी दिए ।
‘होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त गाउँवासी बीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा आफू विश्वस्त रहेको बताए । यता आज गाउँपालिकामा आयाेजित हाेली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनलेे पालिका लगायत मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूसँग विभिन्न रङ र अबिर खेल्दै खुसीयालीका साथ हाेली मनाएका छन् ।
Discussion about this post