इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ स्थित सिसाै टाेलमा आगलागी हुँदा ८ परिवारको घर जलेर नष्ट भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं -३ निवासी शिक्षक रामदेव मेहता , जियान्नद मेहता, जाेगिन्द्र मेहता, देवलाल मेहता, ज्ञानेन्द मेहता, प्रमान्नद मेहता, शिवनारायण मेहता लगायतको ८ परिवारको लाखौं रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।
मंगलवार साझ भएको आगलागीमा करोडौं मुल्य बराबरको क्षति भएको छ । आगलागीमा घर, नगद, फर्निचर सहित ट्रंगमा रहेको लाखौं मुल्य बराबरको सुन तथा चाँदी लगायतका अन्य सामाग्री र कपडा तथा अन्न खाद्यान्न सामाग्री समेत जलेर नस्ट भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगालागी कोशी गाउँपालिका, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज-हरिनगर गाउँपालिका लगायतका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएकाे थियो । समयमै जानकारी पाएपछि वारुण यन्त्र , प्रहरी र स्थानीयले आगोलाई नियन्त्रण गर्न सफल भएको थियो । आगलागिबाट झन्डै १ करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उता पीडित परिवारलाई नेपाली मुस्लिम समाज,सुनसरी र नेपाली मुस्लिम समाज,भोक्राहा नरसिंहले संयुक्त रुपमा राहत वितरण गरेका छन् । साथै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नगद प्रति परिवार दुई हजार रुपैयाँको दरले सहयोग गरेको छ ।
नेपाली मुस्लिम समाज,सुनसरी र नेपाली मुस्लिम समाज,भोक्राहा नरसिंहले संयुक्त रुपमा तत्काल प्रति परिवार चामल १ प्याकेट, पानी १ कार्टुन, चाउचाउ १ कार्टुन , भुजा १ प्याकेट, च्युरा ५ केजी, नुन १ केजी,चिनी,चियापति लगायतका आवश्यक खाद्यान्न सामग्री सहितको राहत सामग्री हस्तान्तरण गरेका छन् ।
Discussion about this post