इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ स्थित सिसाै टाेलमा आगलागी हुँदा ८ परिवारको घर जलेर नष्ट भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं -३ निवासी शिक्षक रामदेव मेहता , जियान्नद मेहता, जाेगिन्द्र मेहता, देवलाल मेहता, ज्ञानेन्द मेहता, प्रमान्नद मेहता, शिवनारायण मेहता लगायतको ८ परिवारको लाखौं रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।
मंगलवार साझ भएको आगलागीमा करोडौं मुल्य बराबरको क्षति भएको छ । आगलागीमा घर, नगद, फर्निचर सहित ट्रंगमा रहेको लाखौं मुल्य बराबरको सुन तथा चाँदी लगायतका अन्य सामाग्री र कपडा तथा अन्न खाद्यान्न सामाग्री समेत जलेर नस्ट भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगालागी कोशी गाउँपालिका, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज-हरिनगर गाउँपालिका लगायतका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएकाे थियो । समयमै जानकारी पाएपछि वारुण यन्त्र , प्रहरी र स्थानीयले आगोलाई नियन्त्रण गर्न सफल भएको थियो । आगलागिबाट झन्डै १ करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उता पीडित परिवारलाई नेपाली मुस्लिम समाज,सुनसरी र नेपाली मुस्लिम समाज,भोक्राहा नरसिंहले संयुक्त रुपमा राहत वितरण गरेका छन् । साथै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नगद प्रति परिवार दुई हजार रुपैयाँको दरले सहयोग गरेको छ ।
नेपाली मुस्लिम समाज,सुनसरी र नेपाली मुस्लिम समाज,भोक्राहा नरसिंहले संयुक्त रुपमा तत्काल प्रति परिवार चामल १ प्याकेट, पानी १ कार्टुन, चाउचाउ १ कार्टुन , भुजा १ प्याकेट, च्युरा ५ केजी, नुन १ केजी,चिनी,चियापति लगायतका आवश्यक खाद्यान्न सामग्री सहितको राहत सामग्री हस्तान्तरण गरेका छन् ।
सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन
सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...









Discussion about this post