• pradeshpoint
  • Pradeshpoint
Saturday, January 24, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित १२ विरुद्ध मुद्दा 

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ बैशाख २७ गते, १५:२० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित १२ विरुद्ध मुद्दा 
12
SHARES
Share on FacebookShare on Twitter

मधेश प्रदेश । गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा ढलानमा गुणस्तरहीन कार्य गरी पाँच लाख ८४ हजार ६ सय ३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
नगरपालिकाबाट आर्थिक वर्ष ०७९/८० मा सञ्चालित वरुणपोखरीनजिक रहेको बजार क्षेत्रभित्र पिपिसी ढलान कार्यमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।
भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले नगरपालिकाका मेयर सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत (छैटाैँ) धीरेन्द्र झाविरुद्ध मुद्दा दायर गरेको छ।
पिपिसी ढलान योजनाको वास्तविक भए–गरेकोभन्दा बढी कार्य गरेको भनी झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेस तथा सदर गरी त्यसका आधारमा पाँच लाख ८४ हजार ६ सय ३७ रुपैयाँ भुक्तानी दिएको आरोप अख्तियारको छ। त्यही रकमलाई संयुक्त बिगो कायम गरी अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको छ।  छ।
त्यस्तै, नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दीपेशकुमार साहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
वास्तविक भएभन्दा बढी कार्य गरेको भनी झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिल तयार एवं भुक्तानी गर्न सिफारिस गरी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध अख्तियारले लगाएका छ। उनीहरूविरुद्ध पनि संयुक्त रूपमा पाँच लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको छ।
त्यस्तै, उपमेयर रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झाविरुद्ध योजनाको कार्य सन्तोषजक भएको उल्लेख गरी भए–गरेको कुरा लुकाएर नभएको कुरा देखाई गलत प्रतिवेदन दिएर उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोप उनीहरूमाथि छ। उनीहरूविरुद्ध पनि संयुक्त बिगो कायम गरिएको छ।  छ।
उपभोक्ता समिति अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्ताेषी देवीविरुद्ध ढलान योजनाको वास्तविक भएभन्दा बढी कार्य गरेको भनी मूल्यांकन र झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता बिल तयार गरी भुक्तानी लिएको आरोप छ। उनीहरूविरुद्ध पनि अख्तियारले संयुक्त बिगो कायम गरेको छ।

Tags: १२ विरुद्धउपमेयरप्रशासकीय अधिकृतभ्रष्टाचार आरोपमामुद्दामेयरसहित

Related Posts

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय
FEATURE

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा उम्मेदवारहरूलाई आज उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार...

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा
FEATURE

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
0

इनरुवा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र...

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

२०८२ माघ ९ गते, १२:१६ बजे प्रकाशित
दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

दमक चोक तत्दै: बालेन शाहको झापा प्रवेश, ओलीसँग प्रतिष्पर्धा

२०८२ माघ ६ गते, १५:११ बजे प्रकाशित
मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

मोटरसाइकल दुर्घटनामा दुहबी जेसीजका दुई पूर्व अध्यक्षको निधन

२०८२ माघ ६ गते, १४:२६ बजे प्रकाशित
भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

भोक्राहा नरसिंह–५ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बायोमेट्रिक भेरिफिकेशन अनिवार्य

२०८२ माघ ६ गते, १४:०० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण

२०८२ पुस ३० गते, १९:५२ बजे प्रकाशित
सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

सानैदेखि जग बलियो बनाउन नयाँ रणनीतिमा किन्डरपिलर

२०८२ पुस ३० गते, १९:३८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist