दिपेन्द्र यादव/इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले आफ्नो विकास योजनाहरुको चार दिन लगाएर अनुगमन सम्पन्न गरेको छ । नगर प्रमुख केदार भण्डारी नेतृत्वको अनुगमन टोलीले नगरक्षेत्रका विगत दुई वर्षमा सम्पन्न भएको विकास निर्माण र योजनाहरुको निरीक्षण गरेको हो । बैशाख २५ गतेबाट थालेको अनुगमन शुक्रबार सम्पन्न गरेको जनाएको छ । विकासको प्रगति सहित त्यसको अवस्थाका बारेमा निरीक्षण तथा अनुगमन सम्पन्न गरेको हो । इनरुवाको १ देखी १० नम्बर वडासम्मका एक सय वटा साना ठूला योजनाहरु १० वटै वडामा अनुगमन गरीएको प्रमुख भण्डारीले जानकारी दिए। सडकबाटो ५० वटा बढी, कल्र्भट, पुल, भवन, विद्यालय र पोखरी सहितको एक सय वटा साना ठूला योजनाहरु अनुगमन गरीएको प्रमुख भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मगंलबार इनरुवा ९ र १०, बुधबार ५, ६ र ७, विहीबार ८, १ र ४, शुक्रबार २ र ३ नम्बर वडाको अनुगमन सम्पन्न गरेको छ । दैनिक कार्यतालिका बनाएर विहान ७ बजे देखी १० बजे र दिउसो २ बजेदेखी ५ बजेसम्म अनुगमन तथा निरीक्षण सम्पन्न गरेको जनाएको छ । विकासमा नागरिकको सहभागिता, गुणस्तरीयता र दिगोपनाका लागि प्रभावकारी र सघन अनुमगन गरिएको नगरपालिका सूचना अधिकृत निरज पोखरेलले जानकारी दिए । अनुगमनका क्रममा सम्पन्न भएको विकास सहित गर्नुपर्ने कामको समेत टिपोट गरिएको र अगामि बजेटमा सम्बोधन गर्ने गरी काम गरेको पोखरेलले बताए ।
Discussion about this post