इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि सुरु गरिएको अंग्रेजी माध्यमको पठनपाठनमा भर्ना हुने कक्षा १ का विद्यार्थीहरुको प्रवेश परिक्षा लिन संविधानसभा सदस्यदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिहरु सहभागि भएका छन ।
सो मावीले यसवर्षदेखि कक्षा १ बाट अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने तयारी स्वरुप प्रवेश परिक्षा लिएको हो ।
प्रवेश परिक्षामा सहभागि विद्यार्थीहरुको परिक्षा लिन संविधानसभाका सदस्य सूर्यदेब दास उराँव, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजाद, ४ नम्बर वडाका वडाध्यक्ष हारुन अन्सारी लगायतका अन्य जनप्रतिनिधिहरु सहभागि भएका हुन् ।
सो विद्यालयमा कक्षा १ मा अंग्रेजी माध्यमको कक्षा पठनपाठन निःशुल्क हुनेभएपछि उल्लेख्य रुपमा विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागि हुँदा जनप्रतिनिधिहरु भने परिक्षा मर्यादित निष्पक्ष र योग्यता क्षमताका आधारमा छनौट गर्नुपर्ने भन्दै परिक्षा हलमा अघिल्लो घेरमा बसेर परिक्षाको अवलोकन गरेका थिए ।
भोक्राहा नरसिंह गाउँपालिकाले पहिलो पटक आफ्नो क्षेत्रमा भएका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने नीति अनुसार सो विद्यालयमा कक्षा १ मा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन गर्न लागेको हो।
Discussion about this post