इनरुवा – सुनसरीको धरान- ६ स्थित पानबारी क्षेत्र पानबारीका किसानहरु पछिल्लो समय सुपारी खेतितर्फ आकर्षित भएका छन् ।पानवारी, ठिंगाबारी क्षेत्रका किसानहरु पछिल्ला केही वर्षदेखि सुपारी खेतिबाट राम्रो आम्दानी लिन थालेपछि सुपारी खेतितर्फ आकर्षित भएका हुन् ।
हरिया सागसब्जी फलफूल तरकारी उत्पादन मात्र गर्दै आएको पानबारी, ठिंगाबारी क्षेत्रमा पछिल्लो समयमा वार्षिक ४० लाख रुपैयाँ सम्मको सुपारी उत्पादन हुँदै आएको छ। एक स्थानीय युवाले भने, ‘जुट, कफी, उखु, केरा र सुन्तला जस्तै यो पनि नगदेबाली हो । रोपेको केही वर्षदेखि फल्ने र अरु बाली जस्तो मिहिनेत गर्न नपर्ने हुँदा किसानहरु सुपारी खेतितर्फ आकर्षित हुन थालेका छन् ।’
सुपारीको बजार राम्रो भएकाले किसानहरु त्यसतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । सुपारीको प्रयोग व्यपारीहरुले रजनीगन्धा, मधु, पानमा हाल्न लगायत धार्मिक कार्यहरुको बढी प्रयोग हुँदै आएको छ । सुपारी उत्पादनमा नेपाल तेस्रो स्थानमा छ । सुपारी उत्पादन हुने व्यावसायिक क्षेत्रको रुपमा पानबारी चिनिदै गएको हो । पानबारी र वराहक्षेत्रमा दश विगाह भन्दा बढी क्षेत्रफमा सुपारी खेति हुँदै आएको छ ।
पानबारी र ठिंगाबारीका कृषकले सुपारी खेतीबाट राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । सुपारी खेतिको लागी पानवारी क्षेत्रको माटो उर्वर भएकाले खेति राम्रो हुँदै आएको छ । सुपारी खेतिको लागि गरम ओसिलो हावापानी भएको क्षेत्रमा खेति राम्रो हुने गरेको छ । पूर्वी नेपालको झापा, मोरङ्ग, सुनसरी, सप्तरी लगायत तराईका जिल्लाहरु सुपारी खेतीको लागी राम्रो मानिदै आएको कृषि प्रविधिकहरु बताउँछन् । पछिल्लो समय तराईका जिल्लाहरुमा व्यवसायिक रुपमामै सुपारी खेती गर्ने कृषकहरु बढ्दै गएका छन् ।
Discussion about this post