दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका किसानलाई भूमिगत सिँचाइको लागि मोटर र स्यालो ट्युबवेल वितरण गरिएका छन् ।कृषि क्षेत्रमा सिँचाई समस्या हुने भाेक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडाका किसानहरूलाई ४ सय ८३ थान प्रत्यक्ष किसानमात्रै सिंचाइका लागि मोटर र स्यालो ट्युबवेल वितरण गरिएको हो ।आर्थिक समृद्धिसँगै आत्मनिर्भर तथा व्यावसायिक किसान बन्न गाउँपालिकाले भूमिगत सिँचाइको लागि निःशुल्क रुपमा स्यालो ट्युबवेल अर्थात बोरिङ पाइप र ५० प्रतिशत अनुदानमा विद्युतीय माेटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए।
अध्यक्ष अजादले बताएअनुसार भाेक्राहा नरसिंह गाउँपालिकाले चार देखि पाँच बिगाहा क्षेत्रफल जग्गामा सिँचाई हुने गरी प्रत्येक समूहलाई मोटर र पाइप वितरण गरिएको जानकारी दिए । भाेक्राहा नरसिंह गाउँपालिकाका ८ वटै वडामा ४ सय ८३ किसान छनाैट गरि सम्बन्धित वडा कार्यालयकाे राेहवरमा बोरिङ पाइप तथा पानी तान्ने सिँचाई मोटर लगायतका सामग्रीहरु वितरण गरिएको हो ।
गाउँपालिकाले धान, गहुँ, मकै, तोरी, उखु, फलफूल खेतीका लागि बिउ विजन स्प्रेयर लगायतका सामग्रीहरु अनुदानमा वितरण गर्दै आएका छन् । विद्युतीय मोटर तथा बोरिङ पाइप आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा किसानहरूलाई लक्षित गरी कृषि क्षेत्रमा प्राथमिकता राखेर बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले बताए । गाउँपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिमा देखिने समस्या समाधानका लागि गाउँपालिका लागिपरेको “विकास प्रेमी” प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको तर्क रही आएको छ ।
उनले प्रदेश प्वाइन्ट मिडियासँग कुरा गर्दै भने आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलोे एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दैै गएको कारण किसानहरूकाे सहजताका लागि किसानमुखी कार्यक्रम ल्याइएको बताए । सो कार्यक्रमबाट किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने र एउटा ट्युबवेलमार्फत चार बिघा जमीन सिँचाइ हुने भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान बताउछन् ।
Discussion about this post