पप्पु यादव/भन्टाबारी । भारतबाट ट्रकमा चिनी लोड गरी अबैध रुपमा नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरी बल भण्टाबारीले ट्रक सहित ५९५ बोरा चिनी बरामद गरेको हो । सुनसरीको कोशी गाउँपालिका ८ सँग जोडिने सिमानाका भण्टाबारीको तिनकुनेबाट वैशाख २९ गते साँझकाे समयमा अवैध रूपमा ल्याएको चिनी, गहुं र मकैं सहित एउटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ। भारतबाट आएको BR-५०G/९०५७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा १८ वटा बोरामा रहेको ९९० किलोग्राम मक्कै, १५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ किलोग्राम गहुँ र ५९५ वटा बोरामा रहेको २९,७५० केजी चिनी बराबर भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा नेपाल र भारत बोर्डरमा जिल्लाको कोशी गाउँपालिकासँग जोड्ने सिमानाका तीनकुनेबाट बरामद गरेको छ। भारतबाट आउँदै गरेको ट्रकमा मक्कै भनेर ल्याउँदै गरेको विशेष सूचनाको आधारमा हरिपुरबाट खटेको टोलीले वरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारीले जानकारी दिएको छ। अधिकारीका अनुसार ट्रकको मूल्य ४५ लाख २५ हजार ८६० रुपैयाँ ताेकेको छ। २९ गते बेलुका पक्रेको ट्रक जेष्ठ १ गते सुनसरी भन्सार कार्यालयमा भन्सारको कर्मचारी र सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र पत्रकार सहितको राेहबरमा सो ट्रक खोलिएको थियो। सशस्त्र प्रहरीका डिएसपी सन्तोष अधिकारीका अनुसार केही गाेप्य सूचनालाई फलो गर्दै अनुमान लगाउँदा चिनी नै रहेको प्रमाणित गरेको थियो । बरामद गरेको चिनीमा नेपालको स्टोर सुगर मिल सुनसरी स्टाम छाप लिमिटेड बोरामा प्याक गरेको थियो।
१८ वटा बोरामा रहेको ९९०केजी मकै १५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ केजी गहुँ र ५९५ वटा बोरामा रहेको २९,७५० केजी चिनी बराबर भएको सशस्त्र प्रहरी का नायव उपरीक्षक सन्तोष अधिकारीले बताएकाे छ ।
Discussion about this post