इनरुवा । वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले चक्रघट्टि बजारमा जेब्रा कर्सिङ बनाएको छ । जेसिजले इलाका प्रहरी कार्यालय महेन्द्रनगरसंग समन्वय गरेर स्थानिय जनप्रतिनिहरुको उपस्तिथिमा जेब्रा कर्सिङ बनाएको अध्यक्ष अमीत साहले बताए ।
उनका अनुसार सबारी दुर्घटना जोखिममा महेन्द्रगेट र क्यापस नकिक जेब्रा कर्सिङ बनाईएको छ । अब झझै दुई ठाउमा जेब्रा कर्सिङ बनाउने योजना रहेको छ ।वराहक्षेत्र जुनियर जेसिजले नेपाल प्रहरी र जनप्रतिनिधीहरुसंग समन्वय गरेर उक्त कार्य गरेको हो ।
वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको जेब्रा कर्सिङ बनाउने कार्यक्रममा वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ६ का अध्यक्ष उद्बब पोखरेल , इलका प्रहरी कार्यलय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई , समाहसेवि बाबुराम बिष्ट, संकर बस्नेत , चक्रघट्टि जेसिका संस्थापक अध्यक्ष निश्चल बस्नेत, पुर्व अध्यक्ष दिनेश पोखरेल , अध्यक्ष सुरेश श्रेष्ठ , कार्यकारिणि वरिष्ठ उपाध्यक्ष महेश घिमिरे ( सुरज) , ट्राफिक प्रहरीका अधिकारीहरुले सहजिकरण समेत गरेका थिए ।
Discussion about this post