• pradeshpoint
  • Pradeshpoint
Monday, April 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी हेडक्वार्टर तानिए

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार २१ गते, २२:०० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
तस्करीको लाइन चलाएको आरोपमा सशस्त्रका एसपी हेडक्वार्टर तानिए
18
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। मोरङबाट सशस्त्रका एसपी हेडक्वार्टर तानिए, तस्करीको लाइन चलाएको आरोप लागेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन्। तस्करीको लाइन चलाएर अवैध असुली गरेको आरोप उनीमाथि लागेको छ । एसपी खड्का सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पाएर २०८० फागुन पहिलो साता मोरङ हाजिर भएका थिए। मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको हो। साथै, भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागिरहेको छ। सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको पाइएपछि छानबिन एवं अनुसन्धानका लागि खड्कालाई बिहीबार काठमाडौंस्थित हेडक्वार्टर तानिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए। आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौं तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए। डीआईजी न्यौपानेका अनुसार तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन्। ‘आईजीपी साबले अवैध धन्दा नरोकेमा र तस्करको समूहसँग मिलेमतो गरेमा कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिनु भएको छ। पछिल्लो समयमा निर्देशनको पालना भयो कि भएन भनेर बुझ्नुपर्ने भयो,’ उनले भने, ‘आन्तरिक हिसाबले पनि केही कुराको जानकारी लिनुपर्ने अवस्था आयो। त्यही भएकाले एसपी खड्कालाई हेडक्वार्टर तानिएको हो।’ न्यौपानेले खड्काका बारेमा बुझ्ने काम भइरहेको बताउँदै गलत गरेको पाइएमा कारबाही गरिने जानकारी दिए। उनले मोरङमा सशस्त्र प्रहरी प्रमुख बनाएर अर्कै एसपीलाई पठाउने कि खड्कालाई नै फिर्ता गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको जनाए। ‘मोरङ आएयता अवैध धन्दा गरिरहेको समूहसँग खड्काको सम्बन्ध राम्रो थियो,’ स्रोतले भन्यो, ‘लाइन चलाउन सहयोग गरिदिएवापत तस्करीमा संलग्नबाट उनले मोटो रकम बुझ्ने गरेका थिए।’लगभग १ महिनाअघि भारतबाट गाडीमा तस्करी गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो। बरामद गरिएको चिनी र नियन्त्रणमा लिएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्ने थियो। तर, केशरीसँग मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको स्रोतले बतायो। किराना सामानको व्यापार गर्ने केशरीले अहिले सशस्त्रसँग मिलेर तस्करीको धन्दा चलाइरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार पछिल्लो समय संगठनकै बदनाम हुने हिसाबले चल्न थालेपछि एसपी खड्का हेडक्वार्टको निगरानीमा थिए। ‘गलत काम गरेको केही न केही प्रमाण भेटिएकै कारण उनलाई काठमाडौं झिकाइएको हो,’ सशस्त्रको उच्च स्रोतले भन्यो, ‘थप छानबिन, अनुसन्धान र कारबाही हेडक्वार्टरले नै गर्छ।’ स्रोतका अनुसार एसपी खड्काले असुलीका लागि सहायक हवल्दार ओमप्रकाश श्रेष्ठलगायतका सशस्त्रलाई घुमुवा बनाएर खटाएका थिए। श्रेष्ठ अहिले पनि घुमुवा बनेर नै हिँडिरहेका छन्।
स्रोतका अनुसार सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ। भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ। सशस्त्रको साथ पाएपछि भारतसँग खुला सीमा रहेका कोशी प्रदेशका झापा, सुनसरी र मोरङमा पछिल्लो समय तस्करी बढेको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुखका रूपमा डीआईजी अन्जनीकुमार पोखरेल हुँदा संस्थागत रूपमा हुने गरेको तस्करी ठप्प थियो। तर, सशस्त्रको प्रदेश प्रमुखमा डीआईजी शम्भु सुवेदी आएपछि वैशाखयता तस्करीको लाइन चालु भएको छ। खुलेआम तस्करी भइरहेको छ। जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरू बताउँछन्।‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरूसँग मिलिरहेको पाइन्छ। अहिले सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको छ,’ सीमा क्षेत्रका एक जना वडाध्यक्षले भने, ‘रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्छ। यसले मिलेमतोमै काम भइरहेको प्रष्ट हुन्छ।’ उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीले प्रसय पाउँदा त्यसको असर राज्यलाई पर्ने बताए। यस विषयमा बुझ्न खोज्दा सशस्त्रका कोशी प्रदेश प्रमुख डीआईजी शम्भु सुवेदी सम्पर्कमै आउन चाहेनन्। सशस्त्रका प्रदेश प्रवक्ता एसएसपी मनिष थापाले फोन उठाएर केहीबेरमा कुरा गर्छु भन्दै टारिदिए। एसपी खड्काले भने लाइन चलाएको कुरा अस्वीकार गर्दै आफू बिदामा रहेको बताए। ‘म ७ दिनको बिदामा छु। हेडक्वार्टरले तानेको हैन,’ टेलिफोन सम्पर्कमा खड्काले भने, ‘काठमाडौं आएको २/३ दिन भयो। केही दिनभित्र फर्किन्छु।’
मातहतका युनिटमा छैन समन्वय
खड्का काठमाडौं तानिएपछि डीएसपी लोकनाथ उप्रेतीले निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्। जिल्लामा सशस्त्रको नेतृत्व गणले गरेको हुन्छ। गणको मातहतमा अरु युनिटहरू हुन्छन्। आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन, समन्वय, कामकारबाहीको लेखाजोखालगायतको जिम्मेवारी गणकै हुन्छ। तर, गणले मातहतका युनिटसँग आवश्यक समन्वय नगर्ने गरेको पाइएको छ। सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका प्रमुख, डीएसपी देवराज विष्टले मोरङमा निमित्त प्रमुखको जिम्मेवारी कसलाई दिएको छ भनेर आफूलाई थाहा नभएको बताए। ‘केही काम पर्दा एसपी साबसँगै कुरा हुन्छ। अरु मलाई थाहा भएन। यस विषयमा कुनै जानकारी छैन,’ उनले भने। डीएसपी विष्टको भनाइबाट पनि सीमा सुरक्षा तथा तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रको माथिल्लो कार्यालय र अन्य युनिटबीच आवश्यक समन्वयको अभाव रहेको प्रष्ट हुन्छ। सशस्त्रको कामकारबाही प्रभावकारी छैन भन्ने स्पष्ट पार्छ। निमित्त गणपति एवं डीएसपी उप्रेतीले भने सबै युनिटसँग नियमित समन्वयमा रहेर कामकारबाहीका सवालमा आवश्यक निर्देशन दिने र नियमित अनुगमन गर्ने काम भइरहेको बताए। मोरङमा बीओपी र बेससमेत गरेर सशस्त्रका २४ वटा युनिटहरू छन्। नेपाल–भारत सीमा क्षेत्रमा मात्रै १३ वटा युनिट छन्।

Tags: आरोपचलाएकोतस्करीको लाइनतानिएसशस्त्रका एसपीहेडक्वार्टर

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन
FEATURE

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
0

सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम्...

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist