इनरुवा – इस्लाम धर्मावलम्बीहरूको पैगम्बर हजरत मुहम्मद (स.) को १४९९औं जन्म जयन्तीको अवसरमा भाेक्रहा नरसिंह गाउँपालिकामा भदौ ३० गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले यस विशेष दिनमा इस्लाम धर्मको महत्व र पैगम्बर मुहम्मद (स.) को जीवनका शिक्षाहरूको स्मरण गर्दै यस दिनलाई पालिकाभर विशेष बनाउन विदा दिन निर्णय गरिएको जानकारी दिएका छन् ।
उक्त दिन गाउँपालिकाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरू लगायत स्थानीय सरकारी कार्यालयहरूमा बिदा दिइएको हाे । पालिका अध्यक्ष आजादका अनुसार , “हजरत मुहम्मद (स.) को शिक्षाहरूले मानवताका लागि अमूल्य योगदान दिएको छ। साे अवसरमा हामीले धर्म, शान्ति, र सहिष्णुताका संदेशलाई व्यापक बनाउनुपर्ने आवश्यकता छ। गाउँपालिकाले यस अवसरलाई महत्वका साथ मनाउनका लागि विदाको निर्णय गरेको उनलेे बताए ।”
उक्त विदा घोषणा सम्बन्धी सूचना गाउँपालिकाले आइतबार जारी गरेको छ ।
Discussion about this post