सुनसरी — तीन दिनदेखिको लगातारको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण साँझसम्म ६६ जनाको मृत्यु भएको छ भने अन्य ६९ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार साँझ ५ बजेसम्म देशभर विभिन्न स्थानमा विपद्को चपेटामा परेर ६० जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गएको पुष्टि भएको छ।
अन्य प्रभावित जिल्लाहरूमा पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, र दोलखामा ३ जनाको मृत्यु भएको छ।
यसैगरी, विभिन्न स्थानमा ६९ जना बेपत्ता भएका छन्, जसमा ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, र सिन्धुपाल्चोकमा ५ जना रहेका छन्।
हालसम्म २ हजारभन्दा बढी प्रभावित व्यक्तिहरूको उद्धार गरिएको छ भने दुई सयभन्दा बढी घरहरूमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।
Discussion about this post