काठमाडौं— नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक विशेष समारोहमा निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले हालै सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) यज्ञ विनोद पोखरेललाई औपचारिक बिदाइ गर्नुभयो।
निमित्त महानिरीक्षक राईले डीआईजी पोखरेलको इमानदारी, समर्पण र संगठनमा पुर्याएको योगदानको प्रशंसा गर्दै, उहाँलाई अवकाशपछिको व्यावसायिक र पारिवारिक सफलताको शुभकामना दिनुभयो। उहाँले पोखरेललाई मायाको चिनोसमेत प्रदान गर्नुभयो।
डीआईजी पोखरेलले आफ्नो सेवा अवधिका अनुभवहरू साझा गर्दै, प्रहरी सेवामा गरेका योगदान र जिम्मेवारीहरू स्मरण गर्नुभयो। उहाँ २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरी असोज १४ गतेबाट औपचारिक रूपमा सेवा निवृत्त हुनुभएको हो।
समारोहमा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
Discussion about this post