• pradeshpoint
  • Pradeshpoint
Saturday, April 4, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ अशोज १७ गते, १६:४७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
26
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा/इनरुवा । शनिबारको अविरल वर्षासँगै आएको बाढीले देशभर नै कहर मच्चाइरहेको बेला सुनसरी सदरमुकाम इनरुवा पनि अछुतो रहन सकेन। इनरुवाको ३, ४, ९, र १० नम्बर वडामा करिब २०० भन्दा बढी परिवार पूर्णरूपमा प्रभावित भएका छन्, भने नगरपालिका क्षेत्रभित्रका अधिकांश घर आंशिकरूपमा क्षतिग्रस्त भएका छन्।

गृह मन्त्रालयको तथ्यांकअनुसार बाढीबाट देशभर २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाइते भएका छन्। यस्तै, इनरुवामा बाढी पीडितलाई राखिएको स्थानलाई लिएर फरक प्रकृतिको विवाद उत्पन्न भएको छ। इनरुवा वडा नम्बर ४ मा रहेको ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका छन्।

विद्यालयमा आश्रय लिएका बाढी पीडितले फोहोर गरेको भन्दै विद्यार्थीहरूले आक्रोश पोखेका हुन्। बाढीले प्रभावित भएकाहरूलाई वडाध्यक्ष बौवालाल मेहताले ज्ञानोदय आधारभूत विद्यालयमा राखेका थिए। बाढी केही घटेपछि धेरैजसो पीडित घर फर्किएका छन्, तर मोरिक समुदायका परिवार अझै विद्यालयमै आश्रित छन्।

विद्यालयमा फोहोर र दुर्गन्धका कारण परीक्षा दिन असहज भएको भन्दै प्रधानाध्यापक रामबिलास मेहताको निर्देशनमा विद्यार्थीहरूले वडा कार्यालयमा तोडफोड गरेको वडाध्यक्ष मेहताले बताए।

उनका अनुसार आफु कार्यालयमा नभएको समयमा विद्यार्थीलाई नियोजित रूपमा तोडफोड गर्न पठाइएको थियो। “देश नै बाढीको पीडामा रहेको बेला पीडितमाथि यस्तो अन्याय हुनु निन्दनीय छ,” उनले थपे।

तोडफोडको क्रममा वडा कार्यालयको कुर्सी, ढोका र अन्य सामग्रीहरू क्षतिग्रस्त भएका छन्। विद्यालयका प्रधानाध्यापक मेहताले बाढी पीडितले विद्यालयमा जथाभावी फोहोर गरेको र पटक-पटक सफाइको माग गर्दा पनि सुनुवाई नभएकोले बाध्य भएर विद्यार्थीहरूलाई वडा कार्यालयमा पठाएको बताए।

घटनापछि नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख विनिता मेहता, र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको टोली अनुगमनमा आएको थियो। टोलीले कात्तिक २५ गतेसम्म विद्यालयलाई बिदा दिने निर्णय गरेको छ।

वडाध्यक्ष मेहताका अनुसार तोडफोडका कारण करिब ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। विद्यालयलाई शान्ति क्षेत्र घोषित गरिसकेको अवस्थामा बालबालिकालाई कुनै पनि प्रकारका जुलुस, आन्दोलनमा नलगाउन भनिएकोमा प्रधानाध्यापककै निर्देशनमा तोडफोड गराइएको भन्दै सरोकारवालाहरूले तत्काल कारबाहीको माग गरेका छन्।

Tags: तोडफोडपीडितलेफोहोर गर्दाबाढीबाटवडामा

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान
FEATURE

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
0

सुनसरी : वर्तमान प्रधानमन्त्री बालेन शाहको पुर्ख्यौली गाउँका रूपमा चिनिने महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई भोक्राहा नरसिंह गाउँपालिकाले...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    724 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist