गाईघाट – उदयपुरमा मंगलबार साँझ एक दर्दनाक घटना सार्वजनिक भएको छ। ताप्ली गाउँपालिका–४ निवासी ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङले आफ्नी २८ वर्षीया श्रीमती प्रमिला लामाको खुकुरी प्रहार गरी हत्या गरेपछि टाउको हातमा लिएर सडकमा हिडिरहेको अवस्थामा पक्राउ परेका छन्।
तामाङले त्रियुगा नगरपालिका–६, जलजलेस्थित वडा कार्यालय नजिकै चिया पसल गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, तामाङले श्रीमतीको घाँटी छिनाएर कपालमा समातेर टाउको बोकी सडकमा निस्किएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे, जसले इलाका प्रहरी कार्यालय जलजलेको टोलीलाई खटाएर तामाङलाई पक्राउ गर्यो।
घटनाको कारण अझै खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। यो घटना सामाजिक सञ्जालमा छरपस्ट भइरहेको छ, जसले समाजमा मानवताको गिरावटबारे गम्भीर बहसलाई जन्म दिएको छ।
घटनाले समाजमा बढ्दो घरेलु हिंसा र मानसिक स्वास्थ्यको समस्यालाई उजागर गरेको छ। धेरैले यसलाई समाजका लागि चेतावनीको घण्टी भन्दै यस्ता अपराधको विरुद्ध सशक्त कदम चाल्नुपर्ने माग गरेका छन्।
Discussion about this post