इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा अवस्थित ऐतिहासिक काली मन्दिरमा स्थानीय युवाहरूले सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्। उक्त सरसफाइ अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसमा समाजसेवी सुर्यप्रसाद मण्डल (शिक्षक) , बिनाेद यादव, रन्धिर यादव, मिथलेश यादव , कामेशवर यादव,डम्बर मेहता,धिरज मेहता, इनरजित यादव, नितेश यादव, लगायतका दर्जनौं युवाहरूले सक्रिय योगदान दिएका छन्।यस ऐतिहासिक काली मन्दिरमा हरेक वर्ष दिपावलीकाे अवसरमा विशेष मेला आयोजना हुने परम्परा रहँदै आएको छ। मेलामा विशेषत: भेसा (रंग्गा), बाेका बली, अन्तर्राष्ट्रिय स्तरका कुस्ती प्रतियोगिता, परम्परागत नाचगान लगायतका सांस्कृतिक कार्यक्रमहरू हुने गर्दछन्। यस परम्पराको शुरुवात शताब्दीअघिदेखि नै भएको बताउने यहाँका जेष्ठ नागरिक हनुमानी मण्डलले मन्दिरको महत्त्वमा प्रकाश पार्दै भने, “यो मन्दिर हाम्रो सांस्कृतिक धरोहर हो, जसले विगतदेखि नै समाजलाई एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।”मन्दिर सरसफाइ अभियानले स्थानीय बासिन्दामा आफ्नो धार्मिक सम्पदाप्रति सरोकार राख्न र संरक्षणको भावना जागृत गराउने विश्वास लिइएको छ। युवाहरूको यो सक्रियताले मन्दिरको प्राङ्गण सफा मात्र भएको छैन, अपितु भावी पुस्तालाई यो सम्पदा संरक्षणमा उत्प्रेरित पनि गरेको छ।
Discussion about this post