इनरुवा । सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ३ बाट दोस्रो सीमा पैदल यात्रा (2nd Border Foot Walk) आज सुरु भएको छ। यस यात्राको उद्देश्य नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थाको अनुगमन, सीमा अपराधको नियन्त्रण, र स्थानीय जनताको समस्याबारे छलफल गरेका छन्।
साे यात्रा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आयोजना गरिएको हो। आज बिहान ७:०० बजे प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा सुरुआत भएको उक्त यात्रामा सुरक्षा समितिका विभिन्न पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरू, बुद्धिजीवी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यात्रामा सेनानी चन्द्र कुमार आले (भगवतिदल गण इटहरी), प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, शसस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उप.अ.नि. तुलसी कट्टेल, र भारतीय सीमा सुरक्षा बल (SSB) 56 का प्रमुख पशुपति कुमार सिंहलगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त ६ दिने पैदल यात्रामा सीमा क्षेत्रको निरीक्षण, सुरक्षा व्यवस्थाको समिक्षा, र सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गरिने छ। त्यसैगरी यात्राको उद्देश्य नेपालको सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा सुधार ल्याउनु र सीमा क्षेत्रका स्थानीय नागरिकहरूको जीवनस्तरमा सहयोग पुर्याउनु रहेको प्रहरी जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
Discussion about this post