धनकुटा – धनकुटामा एक १५ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। धनकुटा नगरपालिका–३ स्याउले मोडमा डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिलाबहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लिलाबहादुरले ती बालिकालाई आफ्नै डेराको कोठामा बोलाई सोमबार राति असामान्य व्यवहार गरेका थिए। घटनापछि बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।









Discussion about this post