लाैकही । सुनसरीको कोशी गाउँपालिका १ लाैकहीबाट लागूऔषध सहित एक पक्राउ परेको छ । लागूऔषध ओसारपसारविरुद्ध सशस्त्र प्रहरीले आफ्नो सक्रियता कायम राख्दै भारतबाट नेपाल प्रवेश गर्ने क्रममा धनकुटाका एक युवकलाई लागू औषधसहित पक्राउ गरेको हाे ।
सशस्त्र प्रहरी बल बिओपी लौकहीका अनुसार धनकुटा, सहिद भूमि गाउँपालिका–४ का ३२ वर्षीय सरन राईलाई कोशी गाउँपालिका–१, मेहता टोलमा सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो १६:०० बजे भारतबाट नेपालतर्फ आइरहेका सरन राईको गतिविधिमा शंका लागी चेकजाँच गर्दा उनीसँग लागू औषध ब्राउन सुगर २.५ ग्राम बरामद भएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिए।
पक्राउ परेका सरन राईलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय, लौकहीमा बुझाइएको छ। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा लागू औषध नियन्त्रणमा उच्च सतर्कता अपनाउँदै आइरहेको जनाएको छ।
लागू औषध ओसारपसार तथा प्रयोगले समाजमा पर्ने नकारात्मक प्रभाव रोक्नका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानीलाई थप कडा बनाउँदै आएको जानकारी दिएको छ।










Discussion about this post