• pradeshpoint
  • Pradeshpoint
Friday, April 3, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी सरकारको स्वास्थ्य उपकरण व्यवस्थापनमा लापरवाही ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन २५ गते, २०:२१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
कोशी सरकारको स्वास्थ्य उपकरण व्यवस्थापनमा लापरवाही ?
23
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले कोभिड–१९ महामारीको उपचारका लागि भन्दै तीन वर्षअघि विराट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई उपलब्ध गराएका पाँच भेन्टिलेटरमध्ये दुईवटा अझै फिर्ता भएका छैनन्। सरकारी स्वास्थ्य उपकरणको व्यवस्थापनमा लापरवाही देखिएको भन्दै प्रश्न उठ्न थालेको छ।२०७८ वैशाख ३० गते तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईको पालामा कोभिड–१९ को उपचारका लागि विराट मेडिकल कलेजलाई पाँचवटा भेन्टिलेटर हस्तान्तरण गरिएको थियो। कोभिड संकटका कारण आकस्मिक रूपमा आवश्यक परेपछि मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण उपलब्ध गराइएको थियो। अस्पताललाई ती भेन्टिलेटर मन्त्रालयलाई आवश्यक परेको बेला फिर्ता गर्ने सर्तमा दिइएको थियो।तर, २०७८ साउन ३१ गते तीनवटा भेन्टिलेटर फिर्ता गरिए पनि बाँकी दुईवटा अहिलेसम्म अस्पतालले फिर्ता गरेको छैन। २०८० वैशाख १० गते स्वास्थ्य मन्त्रालयले ती भेन्टिलेटर फिर्ता गर्न पत्राचार गरेपछि पनि अस्पतालले कुनै ठोस जवाफ दिएको छैन।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाका अनुसार मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अस्पतालले भेन्टिलेटर फिर्ता गरेको छैन। “विराट मेडिकल कलेजमा बिरामीको चाप धेरै हुने भएकाले ती भेन्टिलेटर अझै प्रयोग भइरहेको हुन सक्छ,” उनले भनिन्।

तर, अस्पताल प्रशासनले भने उपकरणको अवस्थाबारे अनभिज्ञता जनाउँदै विभिन्न बहाना अघि सारेको छ। विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले ती भेन्टिलेटर प्रयोगमा नरहेको वा बिग्रिसकेको हुन सक्ने बताए। “ती उपकरण त अब प्रयोग योग्य छैनन् होला। भेन्टिलेटरको आयु तीन वर्षभन्दा बढी हुँदैन,” उनले भने।डा. कार्कीले अस्पतालले कोभिड महामारीको समयमा नागरिकलाई उपचार उपलब्ध गराएको दाबी गर्दै सरकारसँग झन्डै साढे सात करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए। “राज्यले हामीलाई ती भेन्टिलेटर दिएको हो, तर कोभिडको समयमा नागरिकलाई सेवा दिन हामीले करोडौं रुपैयाँ खर्च गरेका छौं। ती भेन्टिलेटरभन्दा ठूलो विषय त सरकारले हाम्रो बक्यौता भुक्तानी नगर्नु हो,” उनले भने।

सरकारी स्रोतहरूका अनुसार कोभिड महामारीका बेला कोशी प्रदेशमा विभिन्न अस्पताललाई वितरण गरिएका अन्य उपकरणहरूको अवस्थाबारे पनि ठोस जानकारी छैन। कोभिडको उपचारका लागि खरिद गरिएका उपकरणहरू हाल कहाँ छन् भन्नेबारे कुनै स्पष्ट तथ्यांक मन्त्रालयसँग नरहेको बताइन्छ।

स्वास्थ्यकर्मीहरूका अनुसार राज्यले नागरिकको स्वास्थ्य उपचारका लागि खरिद गरेका उपकरणहरूको उचित व्यवस्थापन नहुँदा भविष्यमा संकट आएमा पुनः अभाव झेल्नुपर्ने स्थिति आउन सक्छ। सरकारी सम्पत्तिको पारदर्शी व्यवस्थापन नहुँदा यसको दुरुपयोग तथा अनियमितताको सम्भावना बलियो बनेको छ।अब प्रश्न उठ्छ – सरकारी स्वास्थ्य उपकरणको सदुपयोग भयो कि दुरुपयोग? मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि किन भेन्टिलेटर फिर्ता भएनन्? अस्पताल प्रशासनको लापरवाही हो कि सरकारी संयन्त्र नै कमजोर छ? कोभिड–१९ महामारीको समयमा भएको स्वास्थ्य उपकरण वितरणमा पारदर्शिता कत्तिको छ?

सञ्चालक कार्कीले सरकारलाई उल्टै बक्यौता तिर्नुपर्ने विषय उठाए पनि स्वास्थ्य सेवा उपलब्ध गराउने नाममा सरकारी सम्पत्तिको अनियमितता ढाकछोप गर्न खोजिएको त होइन? यो विषयमा अब प्रदेश सरकार र सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्ने नै हेर्न बाँकी छ।

Tags: कोशी सरकारलापरवाही ?व्यवस्थापनमास्वास्थ्य उपकरण

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान
FEATURE

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
0

सुनसरी : वर्तमान प्रधानमन्त्री बालेन शाहको पुर्ख्यौली गाउँका रूपमा चिनिने महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई भोक्राहा नरसिंह गाउँपालिकाले...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    724 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist