• pradeshpoint
  • Pradeshpoint
Thursday, January 29, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संविधान राम्रो भए पनि दलहरूले कार्यान्वयनमा अरुचि देखाएको प्रचण्डको आरोप”

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ १२ गते, ११:१० बजे प्रकाशित
in FEATURE, पालिका खबर, शिक्षा समाचार, स्थानीय खबर
संविधान राम्रो भए पनि दलहरूले कार्यान्वयनमा अरुचि देखाएको प्रचण्डको आरोप”
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान आफैँमा राम्रो भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूले अरुचि देखाएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले देशको राजनीतिक परिस्थितिको सापेक्षतामा र अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षतामा नेपालको संविधान राम्रो बनेको बताए । तर, यसको कार्यान्वयन अपेक्षित रूपमा हुन नसक्दा समस्या देखिएको उनको भनाइ छ। विशेषगरी, संविधान अनुसारका ऐन कानुन बनाउनमा नै दलहरूले अरुचि देखाएको उनले बताए ।

“एउटा पक्ष यो संविधान अनुसारको ऐन कानुन बनाउने कुरामा नै अरुचि देखायो,” प्रचण्डले भने, “खासगरी अहिलेको गठबन्धनवाला जो पार्टीहरू छन्, उनीहरू सुरुदेखि नै संविधानको मर्म र भावना अनुसार ऐन बनाउन नै अरुचि देखाइसकेपछि कार्यान्वयनमा समस्या भयो।” उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनजस्ता महत्त्वपूर्ण कानुन कार्यान्वयनमा आउन नसक्दा संविधानको सफलता र असफलतामा ठुलो प्रभाव परेको बताए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताए । “संविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन,” उनले भने, “कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली उत् तर्क मात्रै हो।”

उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताए । यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको उनले उल्लेख गरे । चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उनले विद्या भण्डारीको “प्लान बी” भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबिच अहिले कुनै सम्पर्क नरहेको बताए। आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशाेर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गरे ।

प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको खुलासा गरे । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताए ।

उनले भने, “पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत जाँदा भारतीय प्रधानमन्त्री मोदीजी र मैले प्रेस ब्रिफिङ्गमा सिमानाको विषय चर्चा भएको र प्रधानमन्त्री मोदीजीले पनि अब यो सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गरेको पहिलो पटक हो।” उनले वर्तमान सरकारले पनि संवादको प्रक्रिया थालेर सीमा समस्या हल गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले पार्टीभित्र रहेका स्वार्थ समूहहरूलाई विघटन गर्ने केन्द्रीय समितिको निर्णयबारे पनि प्रकाश पारे । उनका अनुसार, स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, लाइन, विधि, पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर गरिने मिटिङहरू हुन्।

जनार्दन शर्मा ‘प्रभाकर’बारे सोधिएको प्रश्नमा उनले एकजनाले नपत्याउँदैमा पार्टी आन्दोलन र इतिहास नरोकिने बताए । “अब यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रष्ट पारेको छ,” प्रचण्डले भने, “हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्यो बारे पनि हामी फेरि समीक्षा गर्छौ।”

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा र अन्यसँग पार्टी एकताको सम्भावना रहेको बताए । उनले यसका लागि वार्ता संवाद चलिरहेको जानकारी दिए ।

विद्या भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकीकरण गर्ने हाे भन्ने प्रश्नमा प्रचण्डले आफूहरू त्यस्तो विषयमा अहिले प्रवेश नै नगरेको बताए।

Tags: ‘प्रचण्ड’कोअरुचिआरोपकार्यान्वयनमादलहरूलेदेखाएकोभए पनिराम्रोसंविधान

Related Posts

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन
FEATURE

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
0

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रिय सूचना आयोगले सबै...

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ
FEATURE

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
0

इनरुवा । मोरङको रंगेलीमा रेडबुल किन्दै सुरु भएको शंका प्रहरीसम्म पुग्दा नक्कली नोटको जालो खुलेको छ। एक हजारको जस्तो देखिने...

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist