विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत सेवा लिँदै आएका कोशी प्रदेशका उद्योगहरूबाट थुप्रिएको बक्यौता असुल गर्न कडाइ सुरु गरेको छ। प्रदेशभरका सात उद्योगमध्ये तीनवटामाथि प्राथमिकताका साथ कारवाही अघि बढाइएकामा उदयपुर सिमेन्टले तोकिएको म्यादभित्रै रकम बुझाएपछि बाँकी दुईवटाको बिजुली लाइन काटिएको हो।
प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहका अनुसार हाल धनकुटाको निगाले सिमेन्ट र सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्समाथि कारवाही गरिएको छ। निगाले सिमेन्ट लामो समयदेखि बन्द भए पनि बक्यौता नतिरेपछि लाइन विच्छेद गरिएको हो। रिलायन्स स्पिनिङ मिल्सले पनि तोकिएको समयभित्र रकम नबुझाएपछि विद्युत् आपूर्ति रोकिन पुगेको सिंहले बताए।
यसअघि उदयपुर सिमेन्ट उद्योगले कार्तिक २ गतेभित्रै बक्यौता तिरेर कारवाहीबाट जोगिएको थियो।
यता, रघुपति जुट मिल र बाबा जुट मिल (विराटनगर), साथै अरिहन्त मल्टिफाइबर्स र अरिहन्त पोलिप्याक (सुनसरी) ले अदालतबाट अन्तरिम आदेश लिएर तत्कालीन कारवाही स्थगित गराएका छन्। ती उद्योगहरूसँग क्रमशः २२ करोड ८१ लाख र ६ करोड ३५ लाख रुपैयाँभन्दा बढी बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ।
देशभर डेडिकेटेड ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूले कुल ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको तथ्यांक छ। तीमध्ये जगदम्बा स्टिलको मात्रै करिब १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड, शिवम् सिमेन्टको ६६ करोड, घोराही सिमेन्टको ५० करोड, र अर्घाखाँची सिमेन्टको ४४ करोडभन्दा बढी बक्यौता रहेको उल्लेख छ।
२०७५ साल चैतमा बिल छुटेको भन्दै प्राधिकरणले नयाँ प्रिमियम बिल पठाएपछि उद्योगहरू र प्राधिकरणबीच विवाद सुरु भएको थियो। उद्योगीहरूले बिल स्पष्टिकरण माग्दै अदालत पुगेका छन् भने प्राधिकरणले रकम असुल्न कडा कदम चाल्दै देशभर कारवाही विस्तार गर्ने तयारी गरेको छ।
विद्यार्थी नेतामाथि आक्रमण — एनएसयू सुनसरीको कडा आपत्ति, कारबाहीको माग
सुनसरी । नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सह सचिव तथा नेपाल विद्यार्थी संघ (नेवि संघ) जिल्ला कार्यसमिति सुनसरीले विद्यार्थी...











Discussion about this post