इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा अखेर पक्राउ परेका छन्।
‘शरीर अङ्गभङ्ग मुद्दा’मा पक्राउ पुर्जी जारी भइसकेको लामो समयपछि इलाका प्रहरी कार्यालय पकलीको टोलीले शनिबार राति उनलाई नियन्त्रणमा लिएको हो।
थापाविरुद्ध जिल्ला अदालत सुनसरीले गत साउन २० गते नै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी कार्यवाहक जिम्मेवारी वडासदस्यलाई सुम्पेर फरार बनेका थिए।
मुद्दाको सुरुवात २०८१ फागुन २२ गते भएको सडक दुर्घटनाबाट भएको हो। थापा स्वयं चलाइरहेका बा २१ च ६८८८ नम्बरको कार र मोटरसाइकल (प्र.१–०२–०४४प ७४२८) बीच ठक्कर हुँदा मोटरसाइकलमा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। अहिले पनि उनी अशक्त अवस्थामा रहेको बताइएको छ।
घटनापछि थापाले उपचार खर्च बेहोरेको र सहयोग गरेको दाबी गर्दै आएका छन्, तर पीडित पक्षले भने राजनीतिक पहुँचका कारण मुद्दा दबाउने प्रयास भएको आरोप लगाउँदै आएको छ।
उच्च अदालत विराटनगरमा रिट दायर भएपछि मात्र मुद्दा पुनः सक्रिय बनेको थियो। यसैबीच, थापा पक्राउ परेपछि जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि प्रहरीले ७ दिनको म्याद पाएको छ।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन र बयान लिने कार्य अघि बढाइरहेको जनाएको छ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post