• pradeshpoint
  • Pradeshpoint
Tuesday, November 25, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

झुम्का बजार व्यवस्थापनमा सुधारको पहल, सरोकारवालाको गुनासोपछि समिति गठन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक १८ गते, १२:३७ बजे प्रकाशित
in FEATURE, पालिका खबर, शिक्षा समाचार
झुम्का बजार व्यवस्थापनमा सुधारको पहल, सरोकारवालाको गुनासोपछि समिति गठन
7
SHARES
Share on FacebookShare on Twitter

सुनसरी। रामधुनी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित झुम्का बजार अझै अव्यवस्थित रहँदा स्थानीय व्यापारी र सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सोमबार आयोजना गरेको विशेष छलफल कार्यक्रममा सहभागीहरूले बजारको दीर्घकालीन समस्या समाधानमा नगरपालिकाको बेवास्ता भएको आरोप लगाउँदै तत्काल सुधारको माग गरेका छन्।
सहभागीहरूका अनुसार बजार क्षेत्रमा ट्राफिक अव्यवस्था, सडकमा हिलो–धुलो, बन्द नाला, फुटपाथ पसलको अतिक्रमण, र अव्यवस्थित पार्किङका कारण दैनिक व्यापारी र उपभोक्ता दुबै प्रभावित छन्। विशेषगरी साप्ताहिक हाटबजार, बसपार्क, सिटी सफारी पार्किङ, र फलफूल बजार क्षेत्रमा अव्यवस्था स्थायी समस्या बनेको बताइन्छ। कृषि प्रयोजनका लागि निर्माण गरिएका टहराहरू प्रयोगविहीन रहँदा अनधिकृत रूपमा भाडामा लगाइएको आरोप पनि छलफलमा उठाइएको थियो।
छलफलमा नगर प्रमुख शंकरलाल चौधरीले बजार व्यवस्थापन सुधारका लागि तत्काल सूचना जारी गरी कार्यान्वयन अघि बढाउने प्रतिबद्धता जनाए। उप–मेयर तारा थापाले सरोकारवालाबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखिने बताइन्। प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादवले प्राथमिक समस्या छोटो अवधिमै समाधान गर्ने र दीर्घकालीन सुधारका लागि आगामी बजेटमा व्यवस्था गर्ने योजना सार्वजनिक गरे।

बजार व्यवस्थापनका लागि ५ नं. वडाध्यक्ष भोला वास्तोलाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिले बजारको समस्या पहिचान गरी सुधारका लागि ठोस कार्ययोजना तयार गर्ने जिम्मेवारी पाएको छ।
यसैबीच, रामधुनी नगरपालिकाले बजार क्षेत्रमा फुटपाथ अतिक्रमण, सडक अवरोध, र अवैध पार्किङ नगर्न चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको छ। नगरले उल्लंघन गर्नेहरूमाथि कारबाही हुने बताएको छ। सहभागीहरूले भने, विगतमा पनि यस्ता सूचना जारी भए पनि प्रभावकारी अनुगमन र निरन्तरता नहुँदा समस्या यथावत् रहेको जनाएका छन्।
स्थानीय व्यापारीहरूको भनाइमा, नियमित अनुगमन, स्पष्ट कार्ययोजना र दिगो व्यवस्थापन भए झुम्का बजार प्रदेशकै आकर्षक र व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकसित हुन सक्छ।

Tags: गठनगुनासोपछिझुम्काबजारव्यवस्थापनमासमितिसरोकारवालाकोसुधारको पहल

Related Posts

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए
FEATURE

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १३:१२ बजे प्रकाशित
0

सुनसरी ।विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको पोलिप शल्यक्रियापछि इटहरी–१ का ७ वर्षीय जेनिश पाठकको दाहिने आँखाको दृष्टि हराएको छ। परिवारले...

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो
FEATURE

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
0

काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान...

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

२०८२ मंसिर ६ गते, ८:५२ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित
धनकुटामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ घाइते

धनकुटामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ घाइते

२०८२ मंसिर ५ गते, १३:३४ बजे प्रकाशित
सिमराको अवस्था सामान्यतर्फ, आन्दोलित पक्षसँग आज वार्ता बस्दै

सिमराको अवस्था सामान्यतर्फ, आन्दोलित पक्षसँग आज वार्ता बस्दै

२०८२ मंसिर ५ गते, १२:४८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए

विराटनगरमा शल्यक्रिया विवाद : ७ वर्षीय बालकले आँखाको ज्योति गुमाए

२०८२ मंसिर ८ गते, १३:१२ बजे प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

‘फर्वाड नेपाल’द्वारा बाढीपीडित परिवारलाई सुरक्षित आवास हस्तान्तरणको तयारी

२०८२ मंसिर ७ गते, १३:५० बजे प्रकाशित
जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन, बालमैत्री पूर्वाधारले सिकाइ वातावरणमा उत्साह

२०८२ मंसिर ६ गते, ८:५२ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    717 shares
    Share 287 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist